२०८२ बैशाख १७ गते
×

Now Playing

सदस्यको मृत्युपछि निर्धनद्वारा घरमै पुगी वीमा रकम भुक्तानी

दुर्गा विसी
सल्लीबजार, ७ मंसिर ।
निर्धन उत्थान लघुवित संस्था शाखा कार्यालय सल्लीवजारले म्यादी जीवन विमा वापतको रकम घरमै गएर प्रदान गरेको छ । सिम्ता गाउँपालिका वडा नं ८ डाँडाखाली निवासी ग्राहक सदस्य खिमवहादुर नेपालीको श्रीमति मिना नेपालीको मृत्यु पश्चात् उनको परिवारलाई एक लाख ६२ हजार ५ सय रुपैयाँ घरमै गएर हस्तान्तरण गरिएको निर्धन उत्थान लघुवित्त संस्था लिमिटेड कार्यलयका शाखा प्रमुख निमवहादुर घर्तीको भनाई छ ।

सो रकम मृतकका श्रीमान खिमवहादुर नेपालीलाई वडा अध्यक्ष युद्धवहादुर मल्लले हस्तान्तरण गरेको जनाएको छ । सामान्य अनौपचारिक कार्यक्रममार्फत सो रकम प्रदान गरिएको जनाएको छ । संस्थाले ग्राहक सदस्यहरु केही भए सबै सदस्यहरुलाई जोखिम वहन रकम दिने गरेको छ ।

२०६९ सालमा सबै भन्दा पहिले यो क्षेत्रमा स्थापित संस्थाले राम्रो काम गरिरहेको छ । सुर्खेत, सल्यान र जाजरकोट जिल्लाका केही स्थानीय तहमा सेवा दिँदै आएको छ । हाल सम्म एक सय ७ वटा समुहमार्फत १९ सय ९५ जना लाभान्वित भएको संस्थाको भनाई छ । धितोमुखी र विनाधितो समुहगत जमानी गरी १३ सय ७२ ले विभिन्न व्यवसायमा कर्जा लिइ कार्य सञ्चालन गरिरहेका छन् ।जस मध्ये उठाउन बाँकी कर्जा १२ करोड ९० लाख ३३ हजार २ सय १५ र निक्षेप वचततर्फ ६ करोड ३९ लाख ९ हजार ७ सय ८५ संकलन रहेको जनाएको छ ।

त्यसैगरी संस्थाले कोभिड–१९ मा ७ वटै प्रदेशमा ४ लाखका दरले २८ लाख समेत राज्यलाई सहयोग गरेको थियोे । कोभिड नियन्त्रण स्वरूप अन्य शाखा जस्तै सल्लीबजार शाखाले पनि कोरोना सचेतना र विभिन्न सामग्री समूह सदस्यका परिवारलाई हस्तान्तरण गरेको थियोे । कर्जामा पनि यो माहामारिमा १० हजारका दरले राहत अनुदान कर्जा छुट गरिदिएको जनाएको छ । संस्थाको सक्रियतामा महिलामुखी कर्जा र व्यवसायी बढी देखिन्छ । आयआर्जनका क्षेत्रमा विशेष कर्जा दिने गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *