लाप्चा बगर आफ्नै भएको चीनको दाबी

काठमाडौं, ६ असोज ।

चीनसँगको सीमा क्षेत्र हुम्लाको लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको चिनियाँ पक्षले दाबी गरेको छ । चीनले नेपाली भूमि मिचेर भवन बनाएको खबर सार्वजनिक भएपछि अध्ययनका लागि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको टोलीसँग चिनियाँ सुरक्षाकर्मीहरुले त्यो आफ्नै भूमि भएको दाबी गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए ।

आफूहरु भवन बनाएको ठाउँमा पुगेपछि चिनियाँ पक्षले भवन बनेको ठाउँबाट नेपालतर्फ एक किलोमिटर जमिन चीनको रहेको दाबी आफूहरुलाई फर्कन भनेका अध्यक्ष तामाङले बताए ।

अध्यक्ष तामाङले आफूहरुले १२ नम्बरको पिल्लर देखेको र त्यहाँबाट सिधा हेर्दा भवन बनाएको ठाउँ नेपालको जस्तो देखिने तर ११ नम्बरको पिलर नदेखिएकोले सीमा कसरी कोरिएको छ भन्ने थाहा नभएको बताउनुभयो । उहाँले सरकारले नै ११ नम्बरको पिल्लर खोजेर त्यो ठाउँबारे यकिन गर्नुपर्ने बताए ।

अध्यक्ष तामाङले पहिले त्यो क्षेत्र खुला सीमा रहेकोले नेपाल र चीन दुवैतर्फका पशुचौपायाको चरण क्षेत्र रहेको र अहिले चिनियाँ पक्षले नाका बन्द गरेको बताए । नाम्खा गाउँपालिकाको भूभागमा देखिने लाप्चा बगरमा अहिले भवन बनेको ठाउँभन्दा परसम्म गएर नेपाली श्रमिकहरूले बाटो बनाएका र भोगचलन गर्ने गरेको पनि अध्यक्ष तामाङले बताए । सबै सुरक्षा निकायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एउटा टोली स्थलगत अध्ययनका लागि गएको थियो ।

उज्यालो अनलाइनबाट साभार

लाप्चा बगर आफ्नै भएको चीनको दाबी

नेप्सेमा दोहोरो अंकको गिरावट

लाप्चा बगर आफ्नै भएको चीनको दाबी

ठेकेदारको लापरबाहीले बेलीब्रिज निर्माण अलपत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *