सिंहदरबारमा नेकपाको कहर, कुशेमा प्रवेशको लहर

जाजरकोट, ५ मंसिर ।
नेपाल कम्यूनिष्ट पार्टी भित्र शिर्ष नेतृत्व तहमा देखिएको विवाद समाधान भएको छैन । पार्टी विभाजनको डिलमा पुगेको बेला गाउँ गाउँमा नेकपा पार्टी प्रवेशको भने लहर चलेको छ । सिंहदरबारमा नेकपाको शिर्ष नेतृत्वमा पद र वारको कहर चलेको छ भने जाजरकोट कुशे गाउँपालिकामा नेकपा प्रवेशको लहर चलेको छ ।

कुशे गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरेर १ सय ७४ जनाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपाको ८ नम्बर वडा कमिटीले मालुतरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर १ सय ७४ जनाले नेकपामा प्रवेश गरेका हुन् ।

पार्टीको वडा कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा राष्ट्रिय प्रजातन्त्र पार्टी गाउँ समितिका अध्यक्ष काली बहादुर सिंह, नेपाली कांग्रेसका पुराना कार्यकर्ता कर्णबहादुर सिंह, रतन सिंह, जीतबहादुर सिंह, टेकबहादुर रोकाय, रतन सिंह, केन्द्र सिंह, हस्त बहादुर नेपाली लगाएत १ सय ७४ जनाले आफु रहेको पहिलेको पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेको नेकपाका केन्द्रिय सदस्य तथा जाजरकोट जिल्लाका सह–ईन्चार्ज निरज आचार्यले जानकारी दिएका छन् ।

पार्टीको सचिवालय समिति, स्थायी समिति, केन्द्रिय समिति आन्तरिक बिवादमा रुमलिएको भएता पनि जिल्लामा पार्टी एकताका बाँकी रहेका कामहरुलाई पुरा गर्नुको साथै पार्टीलाई सुदृढ गर्न लागिपरेको केन्द्रिय सदस्य आचार्यले बताए । जिल्ला पार्टीको कार्ययोजना अनुसार जिल्लाका विभिन्न ठाउँमा अगुवा कार्यकर्ताहरुको भेला सम्पन्न गर्नुको साथै पार्टी एकताका बाँकी कामहरुलाई सम्पन्न गर्दै अगाडी बढिरहेको आचार्यले जानकारी दिए ।

जीवनशिल र गतिशिल कम्युनिष्ट पार्टीको जीवनमा विचार, सिद्धान्त र कार्यदिशाको बिषयमा नियमित रुपमा छलफल हुनु, बहस चल्नु स्वभाविक भएको बताउदै केन्द्रिय सदस्य आचार्यले पार्टीको आन्तरिक विवादको बिषयलाई लिएर पार्टी फुटको संघारमा पुगेको भनेर चलाईएको हल्लाको पछाडी नलाग्न पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

पार्टीका नेताहरु बिचमा चलेको विचार र कार्यदिशाको बहसलाई फुटको संज्ञा दिनेहरुलाई कुशे ८ को वडा कमिटीले आयोजना गरेको औपचारिक कार्यक्रममा कांग्रेस, राप्रपा लगाएतका पार्टी परित्याग गरेर १ सय ७४ जनाले नेकपामा गरेको प्रवेशले दरिलो जवाफ दिएको नेता आचार्यले दावी गरेका छन् ।

सिंहदरबारमा नेकपाको कहर, कुशेमा प्रवेशको लहर

YUGAAWHAN NATIONAL DAILY (2077-08-06)

Leave a comment

Your email address will not be published. Required fields are marked *