डा केसीमा रोग प्रतिरोधात्मक क्षमता कम, संक्रमणको खतरा बढ्यो

जुम्ला, ४ असोज ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीमा रोग प्रतिरोधात्मक क्षमता कम भएकाले संक्रमणको खतरा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ। आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले कुनै पनि परीक्षण गराउन नमानेको र उनको स्वास्थ्य अवस्था कमजोर भएको जानकारी गराएको हो।

 

शनिबार राती पौने ११ बजे उनलाई सदरमुकाम नजिकैको धर्मशालाबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको थियो। प्रतिष्ठानमा सारेपछि उनले आफूलाई जबरजस्ती रूपमा प्रतिष्ठान सारिएको तर माग पूरा गराउन कुनै चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

उनको रगतमा चिनीको मात्रा कम भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन थालेको समेत प्रतिष्ठानले जानकारी दिएको छ। हाल उनलाई प्रतिष्ठानको आइसियूमा कक्षमा राखिएको छ। तर उनले कुनै पनि परीक्षण गराउन मानेका छैनन्।

डा केसीमा रोग प्रतिरोधात्मक क्षमता कम, संक्रमणको खतरा बढ्यो

आन्तरिक उडान सोमवारदेखि, यात्रुको पीसीआर रिपोर्ट नेगेटिभ

डा केसीमा रोग प्रतिरोधात्मक क्षमता कम, संक्रमणको खतरा बढ्यो

टिकटकबाट कलाकार छान्दै प्रियंका

Leave a comment

Your email address will not be published. Required fields are marked *