क्रिकेट संघ रुकुम पश्चिमको नयाँ नेतृत्व

प्रचण्ड खत्री
रुकुम पश्चिम, ४ पौष ।
जिल्ला क्रिकेट संघ रुकुम पशिमको प्रथम साधारण सभा मुसिकोटमा सम्पन्न भएको छ । जिल्ला भरीका क्रिकेट खेलाडीको सहभागितामा साधारणसभा सम्पन्न भएको हो । पुनःदिपक बाठामगरको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको जनाइएको छ ।

जसको उपाध्यक्ष लक्ष्मण ओली र गोपाल लामिछाने, सचिवमा मनिष खड्का, कोषाध्यक्षमा नर बहादुर ओली चयन भएका छन् । जसको सदस्यमा कुल प्रसाद ओली, नबराज बाठामगर, अनिशेक केसी र रोशन शाही चयन हुनुभएको छ । साधारण सभाले ३ सदस्य सल्लाहकार समिति पनि गठन गरेको छ । जसको सदस्यमा सुबोधराज शेर्पाली, हरि गौतम र बसन्त पुन रहनुभएको छ ।

खेलाडी र खेल जगतलाई माथि उठाउने हेतुले समिति गठन गरेको नबनिर्वाचित अध्यक्ष दिपक बाठा मगरले बताउनुभयो । साधारण सभामा क्रिकेट संघका केन्दीय सदस्य तथा कर्णाली प्रदेश संयोजक पदम बहादुर खड्का, सुर्खेत जिल्ला अध्यक्ष श्रीधर केसी, जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख छबिलाल केसी लगायतको सहभागिता रहेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *