पठनपाठनका लागि विद्यालयमा सेनिटाइज

हुम्ला, ४ साउन ।
पठन–पाठन सुचारुका लागि हुम्ला सीता माध्यामिक विद्यालयले विद्यालय सेनिटाइज गरिएको छ । शुक्रबार विद्यालय परिवारका सदस्यहरु मिलेर विद्यालयमा क्वारेन्टिन स्थापना गरिएका कक्षाकोठालाई सरसफाई गर्ने, सेसनटाईजर छर्कने र अन्य झारपात पन्छाउने कार्य गरिएको हो विद्यालयमा स्थापना गरिएका क्वारेन्टिक बनाएका कोठाहरु र अन्य कक्षा कोठालाई सेनिटाईजर छर्कने, सफा गर्ने र झारपात टिप्ने कार्य सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक जुनराज हमालले बताए ।

गाउँपालिकाको लिखित निर्देशन अनुसार सीता माविले विद्यालय सेनिटाइज गरिएको उनले बताए। कोरोना संक्रमणका कारण बन्द रहेका विद्यालयहरु मध्य सीता मावि पठन पाठन सुरु गर्नका सेनिटाइज गर्ने पहिलो विद्यालय भएको छ ।






