हुम्लामा पहिलो पटक भिस्याट जडान

हुम्ला, २ कात्तिक ।

हुम्ला सदरमुकाम सिमकोटमा रहेको नेपाल टेलिकम शाखा कार्यालयमा पहिलो पटक भिस्याट सेवा जडान गरिएको छ । जिल्लामा हिउँदका बेला नियमित हिउँ पर्ने हुँदा टेलिकमको रेडियो लिंक बिग्रने समस्या हटाउन शुक्रबार भिस्याट जडान गरिएको हो ।

हिउँदको समय हुम्लीले टेलिफोन सेवा लिन नसकिरहेको अवस्थामा भिस्याट जडानपछि सेवा सुचारु हुने टेलिकम शाखा कार्यालय हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार टेलिकमको रेडियो लिंकले काम नगरेको समय ऐनसेलबाट सेवा लिनुभन्दा आफ्नै भिस्याटमार्फत काम गर्दा सजिलो हुने भएकाले यो सेवा जडान गरिएको हो ।

केही दिनअघि जिल्लाको सर्केगाड गाउँपालिका वडा(२ रिप र सिमकोट गाउँपालिका वडा(७ को धारापोरीमा अवस्थित बिग्रिएको टावर मर्मत गर्न प्राविधिक टोली काठमाडौंबाट सिमकोट पुगेको थियो । त्यसपछि बिग्रिएका टावर मर्मतसँगै टेलिकम शाखा कार्यालय सिमकोटमा भिस्याट जडान गरिएको हो ।

‘विगतका वर्षमा रेडियो लिंकले काम गर्न छाडेपछि कम्तीमा साता दिनदेखि १ महिनासम्म यहाँका नागरिक सञ्चार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था थियो ।

अब भिस्याट जडान भएकाले बेलैमा सम्बन्धित निकायमा जानकारी गराएर रेडियो लिंक मर्मत भई तुरुन्तै सेवा सुचारु हुनेछ’, सिमकोट टेलिकम शाखाप्रमुख भट्टराईले भने ।

हुम्लामा पहिलो पटक भिस्याट जडान

विवादित मुख्यमन्त्री बाेल्छन एक, गर्छन अनेक :

हुम्लामा पहिलो पटक भिस्याट जडान

बजेट अभावले सुरु भएन कर्णालीमा प्लाज्मा थेरापी

Leave a comment

Your email address will not be published. Required fields are marked *