कविता : तिमि बाहिर सरेकी बेला !
एका बिहान सबेर उठ्दा बेडशिट मा लागेका रगत तिमीले धुन नसके मैले त्यो bed Sheet चेन्ज त गर्न सक्छु 

तिमी पेट दुखेर आती रहेको बेला त्यो दुखाइ कम गर्न नसके पनि
तिमीलाई साथ दिन त सक्छु, 

तिम्रो एकै छिन मा हुने त्यो mood swing लाई नर्मल बनाउन नसके पनि
त्यो mood अनुसार चली दिन सक्छु 

तिमीलाई खाना खान मन नलागेको हुन सक्छ त्यो बेला तिमीलाई
मन पर्ने खाना बनाएर वा तिमीलाई खान मन लाएको कुरा बनाइदिन वा ल्याइ दिन त सक्छु 

तिम्रो शरीर बाट बगेका रगत रोक्न नसके, पनि त्यो रगत सोस्ने pad त ल्याइदिन सक्छु, 

तिमीलाई हुने त्यो cramping रोक्न नसके, पनि तिमिलाइ त्यो दु:खाइ बाट mind distract गराउन सक्छु 

सबै जना तिमी बाट टाढा गएर बस्दा म तिम्रो नजिक गएर त बस्न सक्छु ! 

मलाई थाहा छैन तिमीलाई खुशी बनाउन के के गर्न सक्छु

तर मलाई यती थाहा छ तिमी बाहिर सरेकी बेला म तिम्रो बन्न सक्छु !