कालिकोटमा ठाउँ–ठाँउमा पहिरो, कर्णाली राजमार्ग र करिडोर अवरुद्ध

कालिकोट, १ भदौं ।
कालिकोटमा साउनको पहिलो सातादेखिको नियमित वर्षासँगै ठाउँ– ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग र कर्णाली करिडोर अवरुद्ध भएका छन् । साउन महिनाको सुरुवातदेखि नै निरन्तर वर्षासँगै शुभकालिका गाउँपालिकाको १ स्थित गगने खोला, काले खोला, जिते, शेरिघाट, मान्म, गल्ली, सिम्लेगाडलगायतका दर्जनौ ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग तीन दिनदेखि ठप्प छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु ओलीयाले पहिरोका कारण तीन दिनदेखि कर्णाली राजमार्ग बन्द रहेको जानकारी दिए । उनले कालिकोट र दैलेखको सिमाना दहीखोलादेखि नाग्मसम्म दर्जनौं ठाउँमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको बताए । उनका अनुसार कर्णाली राजमार्गको दैहिखोला र एसमोडको बीचमा पर्ने गगने खोलामा ठूलो पहिरो खसेको छ । अन्य विभिन्न ठाउँमा ससाना पहिरो खसेका छन् ।

डिभिजन सडक कार्यालय जुम्लाको डोजर माथिबाट पहिरो पन्छाउँदै जिल्ला सदरमुकाम मान्मदेखि दैलेखतिरको सडकमा पहिरो पन्छाउँदै गएको छ । एक दुई दिनमा थप पहिरो नखसे राजमार्ग खुल्छ । उनले भने, ’गगने खोलामा निकै ठूलो चट्टानबाट पहिरो खसिरहेको छ । छिनमा रोकिन्छ पहिरो सडक विभागको डोजरले पंछाएर सडक खुल्छ, छिनमै वर्षा हुँदा पुन पहिरो खस्द सडक अवरुद्ध हुन्छ ।’  उनले दैनिक रुपमा गगने खोलामा पहिरो खस्दा यातायात सेवा अवरुद्ध हुने गरेको बताए । गगने खोलाको पहिरोका कारण कर्णाली राजमार्गमा संचालन हुने यात्रुबाहक तथा मालबाहक सवारी साधन र यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ ।

कालिकोटमा ठाउँ–ठाँउमा पहिरो, कर्णाली राजमार्ग र करिडोर अवरुद्ध

पश्चिमकाे बाटाे

Leave a comment

Your email address will not be published. Required fields are marked *