कर्णालीमा उत्कृष्ट बन्यो जनकल्याण
सुर्खेत, १ भदौं ।
वीरेन्द्रनगर–१ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई यस बर्षको कर्णाली प्रदेश स्तरिय उत्कृष्ट संस्था घोषणा गरिएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) को ३३ औँ स्थापना दिवसको अवसरमा जनकल्याणलाई कर्णाली प्रदेशको उत्कृष्ट सहकारी घोषित गरेको हो । संघले हरेक बर्ष विभिन्न विधामा उत्कृष्ट हुने सहकारीहरुलाई पुरस्कृत गर्दै आएको छ ।
जनकल्याण साकोस २०५२ सालमा स्थापना भई निरन्तर सदस्यहरुलाई वित्तिय सेवा प्रवाह गरिरहेको छ । गतबर्ष जिल्ला स्तरिय उत्कृष्ट साकोस घोषणा भएको जनकल्याण साकोसले यस बर्ष भने कर्णाली प्रदेशमा नै उत्कृष्ट हुन सफल भएको छ ।
कुल पुँजी १६ करोड र २ हजार भन्दा बढि सदस्य रहेको जनकल्याण साकोसको कार्यक्षेत्र वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिका रहेको छ । पछिल्लो समय संस्थाको समग्र वृद्धि विकास र सदस्य केन्द्रित सेवाले नै संस्थाले उत्कृष्टता हासिल गरेको संस्थाका व्यवस्थापक खुमलाल न्यौपानेले बताए ।