मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौं, २ साउन ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंक बोर्ड बैठकले शुक्रबार बिहान मौद्रिक नीति पारित गर्नेछ ।

आजै दिउँसो ३ बजे सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ । गभर्नर भएपछि महाप्रसाद अधिकारीले ल्याउन लागेको यो पहिलो मौद्रिक नीति हो । कारोना भाइरसका कारण अप्ठेरोमा परेको अर्थतन्त्रलाई माथि उकास्ने चुनौती यस वर्षको मौद्रिक नीतिमा छ ।

उद्योगीव्यवसायी पनि नयाँ मौद्रिक नीतिले राहत दिने अपेक्षामा बसेका छन् । केन्द्रीय बैंकले कोरोना प्रभावित सबै खालका व्यवसायीलाई राहत दिने हिसाबले मौद्रिक नीति ल्याउने तयारी भइरहेको बताएको छ ।

खासगरी सहज ऋण उपलब्धता, कम दरमा ब्याज, पुनर्कर्जा सुविधा, रोजगारी सिर्जना तथा उद्यमशीलता विकासमा नीतिले जोड दिनेछ । वित्तीय सुधारसँग सम्बन्धित प्याकेजको पनि अपेक्षा राखिएको छ । यता, पुँजी बजारका लगानीकर्ताहरुले राखेका केही मागहरु सम्बोधन गर्ने तयारी भइरहेको केन्द्रीय बैंकको भनाई छ ।

मौद्रिक नीति आज सार्वजनिक हुँदै

नमुना विकासका लागि दुई विद्यालय छनोट

मौद्रिक नीति आज सार्वजनिक हुँदै

डाक्टर केसीले तिरिदिए किसानको ऋण

Leave a comment

Your email address will not be published. Required fields are marked *