डाक्टर केसीले तिरिदिए किसानको ऋण

सुर्खेत, २ साउन ।

कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीले आफूले पाउने प्रोत्साहन भत्ताबाट किसानको ऋण तिरिदिएका छन् । उनले आफ्नो लागि ‘कर्णाली सुगम वा दुर्गम होइन’ भन्दै भत्ता लिन अप्ठेरो लागेको समेत बताएका छन् ।

डा. केसी नवौं तहका विशेषज्ञ चिकित्सक हुन् । उनलाई कर्णाली प्रदेश सरकारले आधार भूत तलबको ७५ प्रतिशत (करिब ३२ हजार ६ सय रुपैयाँ) ‘कर्णाली प्रोत्साहन भत्ता’ बापत दिने गर्छ । त्यही भत्ताबापत आएको करिब दुई लाख रुपैयाँ वीरेन्द्रनगर–३ निवासी कृष्णबहादुर खत्रीको ऋण तिरिदिएका हुन् । ‘कृष्णबहादुर मेरा छिमेकी हुन्, भैंसी पाल्छन्, दूध बेच्छन्, निकै मिहिनेत गर्दा पनि वर्षको अन्त्यमा हिसाब गर्दा दुई लाखको ऋण भएछ, एउटा भैंसी बेचेर अलिकति तिरेछन्,’ डा. केसीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘यो वर्ष सरकारले डाक्टरलाई यहाँ काम गरेबापत प्रोत्साहन भत्ता दिएको छ, तर मेरो लागि कर्णाली दुर्गम वा सुगम होइन, त्यसैले मलाई त्यो भत्ता लिन गाह्रो लाग्यो, सरकारलाई धन्यवाद दिँदै ऋण तिरियो ।’

बैंकहरु सधैं नाफामा भइरहँदा मिहिनेती कृष्णबहादुरजस्ता किसानले कहिले नाफा पाउलान् भन्दै उनले सरकारलाई किसानमैत्री बैंकिङ व्यवस्था लागू गर्न मागसमेत गरेका छन् ।

डाक्टर केसीले तिरिदिए किसानको ऋण

मौद्रिक नीति आज सार्वजनिक हुँदै

डाक्टर केसीले तिरिदिए किसानको ऋण

बैंकको सटरमा राखिएको बम सेनाद्वारा निस्क्रिय

Leave a comment

Your email address will not be published. Required fields are marked *