नमुना विकासका लागि दुई विद्यालय छनोट

कृष्णप्रसाद अधिकारी

दैलेख, २ साउन ।

दैलेख जिल्लाका २ वटा माध्यामिक विद्यालय नमुना विकासका लागि छनोट भएका छन् । जिल्लाको नारायण नगरपालिकाको वडा नं. १ मा रहेको त्रिभुवन माध्यमिक विद्यालय र भगवतीमाई गाउँपालिका वडा नं ७ मा रहेको भैरव भाध्यामिक बिद्यालय नमुना विकासका लागि छनौटमा परेको छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार दैलेखमा रहेका २ वटा माध्यामिक विद्यालयहरु नमुना छनोटमा परेका हुन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा सानोठिमी भक्तपुरले नमुना विकासका लागि २०७६ असोज २६ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरी आवेदनका लागि आह्वान गरेको थियो ।

त्यसै अनुरुप असार ३१ गते बसेको मन्त्रिपरिषदको निर्णयले दैलेखका २ वटा विद्यालय नमुना विकासका लागि छनोटमा परे पछि २ वटै विद्यालयका शिक्षक तथा यस क्षेत्रका बासिन्दाले खुशी व्यक्त गरेका छन् ।

विद्यालयमा सुचना प्रविधि प्रयोगशाला मैत्री सामुदायिक विद्यालय बनाउँने कार्यक्रम अन्तरगत दैलेख जिल्ला निर्वाचन क्षेत्र नं। १ का ६ वटा विद्यालयमा सुचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन आइसि टि ल्यावको लागी दैलेखका सांसद पार्वती विशुन्केको पहलमा संघिय संचार मन्त्रालयसंग समन्वय गरी दैलेखका ६ वटा विद्यालयमा सामाग्री पुगेको पुगि सकेको छ जस मध्य नमुना छनोटमा परेका विद्यालय पनि हुन, केही समयमनै नमुना विद्यालय छनोट भएकोमा दैलेखका स्थानियबासीले सांसदलाई धन्यवाद सहित बधाई दिएका छन् ।

विद्यालयको हाता भित्र वृक्षारोपण

दैलेख जिल्लाको चामुण्डाबिन्द्रासैनि नगरपालिका वडा नं. ३, देउरालीमा विहिबार आइडिएस–नेपालका सामाजिक परिचालक लक्ष्मी तारामीको सक्रियता र श्री लक्ष्मी प्राथामिक बिद्यालयको अग्रसरतामा ७३ छात्र र ८२ छात्रा गरि जम्मा १५५ जना बिद्यार्थीहरु अध्ययनरत उक्त बिद्यालयमा टेक होम रासन बितरणका क्रममा आउने प्रत्येक अभिभाकहरुलाईं घरबाट मल ल्याउन लगाई बिद्यालय हाता भित्र १३० ओटा कागति र बिभिन्न किसिमका २० ओटा फुलका बिरुवा रोपिएको जनाइएको छ ।

२०४७ सालमा स्थापना भई बिभिन्न समस्यासंग पौंठेजोरी खेल्दै निरन्तर रुपमा प्रगतिका पाईलाहरु अगाडी बढाई रहेको विद्यालयमा हाल कक्षा ५ सम्म सञ्चालित ७ जना शिक्षक शिक्षिका र का।स।कार्यरत उक्त बिद्यालयलाई नमुना बिद्यालयको रुपमा स्थापित गर्नको लागी अहोरात्र खटिरहेको विद्यालयका प्रध्यानाध्यापक बिष्णु प्रसाद कंडेलले जानकारी दिए ।
सकारात्मक सोच र योजनाका साथ काम ग¥यौ भने अरुको मुख ताकिरहनु नै नपर्ने रहेछ जुन कुरा ब्यवहार त प्रमाणित गर्दै गइरहेका छौ उनले भने । हिजोका दिनहरुमा बिद्यालयको भौतिक अबस्था, सरसफाइको अबस्था दयनिय रहेको भए पनि आजको दिन सम्म आईपुग्दा धेरै कुरा परिवर्तन भएका छन । नयाँ नयाँ कामको शुरुवात गर्नुपर्छ भन्ने सोचको बिकास भएको छ ।

जब आइडिएस–नेपालले बिद्यालय सरसफाई कार्यक्रम मार्फत आफ्ना गतिबिधि बिस्तारै अगाडी बढाउन थाल्यो तब बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्यहरु र बाल क्लबका सदस्यहरु पनि क्रियासिल हुन थाले । ब्यक्तिगत, घरायसी तथा बातावरणीय सरसफाईमा ध्यान दिनुका साथै आफुले जानेका कुराहरु अरुलाई पनि सिकाउने र ब्यवहारमा प्रयोग गर्न थाल्नु थालिनुका साथै अहिले यस बिद्यालयमा कुहिने र नकुहिने फोहोरको उचित बिसर्जनको लागी २ ओटा ब्यवस्थित खाल्डो निर्माण भएका छन् ।

पहिले यत्र तत्र फोहोर र कागजका टुक्रा देखिने बिद्यालयका कक्षा कोठा, बिद्यालय परिसर,भान्सा कोठा कतै पनि कागतको एक टुक्रा पनि देखिदैनन् । बिद्यालयमा नै करेसावारी निर्माण गरिएको छ । करेसावारीमा फलेका तरकारी दिवा खाजामा मिसाएर खान पाउदा बिद्यार्थीहरु पनि खुशि हुने गरेका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बम बहादुर तारामीले बताएका छन् ।

विद्यालयमा तथा अभिभाबकहरुको सोचाईमा नै परिवर्तन गर्ने सकेको खण्डमा प्रयाप्त बजेट बिना केहि पनि हुदैन र गर्न सकिदैन भन्ने सोचमा परिवर्तन गर्ने सकिने र जसको लागि स्थानिय स्रोत साधनको प्रयोग परिचालन गर्ने सके विद्यालय सुधारमा ठुलो टेवा पुग्ने एकीकृत विकास समाज नेपालका कार्यक्रम अधिकृत रमेश खनालले बताए ।

नमुना विकासका लागि दुई विद्यालय छनोट

आइतवारदेखि फेरी मनसुन सक्रिय हुने

नमुना विकासका लागि दुई विद्यालय छनोट

मौद्रिक नीति आज सार्वजनिक हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *