आर्थिक अभावले अस्पतालमै थन्कियो स्वाब

सल्यान, १ पुस ।

स्वास्थ्य कार्यालय सल्यानमा आर्थिक अभाव हुँदा पिसिआर परीक्षणका लागि संकलन गरिएको स्वाब अस्पतालमै थन्किएको छ। संकलन गरिएको स्वाब सुर्खेतसम्म पुर्‍याउन आर्थिक अभाव हुँदा स्वाब अस्पतालमै थन्किएको हो।

कोरोना परीक्षण केन्द्र सुर्खेतसम्म संकलन गरिएको स्वाब पठाउन यातायातका लागि दिनु पर्ने रकम अभाव हुँदा समस्या भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए। स्वास्थ्यका लागि सक्षम प्रणाली नामक संस्थाले महिनाको दुईपटक स्वाब पठाउनका लागि यातायात खर्च व्यहोर्ने भए पनि उक्त खर्च पनि पर्याप्त नभएको उनको भनाइ छ। उनले भने, ‘एउटा गाडीले सुर्खेतसम्म पुगेको सात हजार ५०० रुपैयाँ लिन्छ तर संस्थाले सात हजार मात्र पठाउने गर्छ।’

आर्थिक अभाव हुँदा संकलन गरिएको स्वाब धेरै दिनसम्म अस्पतालमै राख्नुपर्ने बाध्यता रहेको पुनले बताए। ‘अस्पतालमा स्वाब संकलन भएकै दिन सुर्खेत पठाउनुपर्ने हो तर आर्थिक अभाव हुँदा धेरै दिनदेखि यही थन्किएको छ,’ उनले भने, ‘स्वाब दिन आएका बिरामीहरुसँग पैसा माग्न नि नमिल्ने उता कार्यालयमा बजेट नहुँदा निकै समस्या भोग्नु परेको छ।’

अस्पतालको गाडी निकै पुरानो हुँदा समस्या भएको पुनले बताउँछन्। कतिपय अवस्थामा स्थानीय तहहरुसँग समन्वय गरेर स्वाब पठाउने गरे पनि सरकारले नै कोरोनाको लक्षण देखिएमा स्वाब संकलन गर्नु भनेपछि स्थानीय तहहरुले पनि नियमित स्वाब संकलन नगर्ने गरेको उनको भनाइ छ।

आर्थिक अभावले अस्पतालमै थन्कियो स्वाब

कर्णालीमा ९४ हजारको पिसीआर परीक्षण

आर्थिक अभावले अस्पतालमै थन्कियो स्वाब

६ महिनाको अवधीमा विपतबाट दश लाखको क्षति

Leave a comment

Your email address will not be published. Required fields are marked *