२०८२ बैशाख १७ गते
×

Now Playing

हुम्लामा सन्तानको नाम कोरोना र भाइरस

रासस
सिमकोट, १ वैशाख ।

हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ । विश्वभरका अधिकांश राष्ट्रमा कोरोना फैलिएको र नेपालमा पनि यसको संक्रमणको त्रासका समयमा जन्मिएकाले तिनको नाम सोहीसँग मिल्दो राखिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् ।

अनमी बोहराका अनुसार पहिले जन्मेकी छोरीको कोरोना र पछि जन्मेको छोराको नाम भाइरस राखिएका छन् । सो नाम राख्नमा आमा र बुवा हस्तबहादुरले पनि सहमति दिएको जनाइएको छ । जन्मिँदा कोरोनाको तौल दुई केजी पाँच सय ग्राम र भाइरसको एक हजार सात सय ग्राम रहेको अनमी बोहराले जानकारी दिइन् । अहिले जिल्ला अस्पतालको प्रसूतिगृहमा रहेका आमा र शिशुको स्वास्थ्य सामान्य छ ।

1 Comment

  1. टेकेन्द्र राना
    14th Apr 2020 Reply

    जन्मिदै काेराेना काे ताैलनै दुई हजार पाँच सय केजी रहेछ त कीन नहल्लिदाेहाे विश्व ।

Leave a comment

Your email address will not be published. Required fields are marked *