अपांगता भएका परिवारलाई अभिमुखिकरण

दुर्गा विसी ।

सुर्खेत सिम्ता गाउँपालिकामा नेपाल नेत्रहीन संघको आयोजना र एन एबि तथा डिएवी सुर्खेत परियोजनाको सहयोगमा अपांगताका परिवारलाइ एक दिने अभिमुखिकरण तालिम दिएको छ । परिवारका सदस्य, संरक्षक र समुदायका व्यक्तिहरुलाई दृष्टिविहीनहरुको समस्या तथा मुद्दाहरुको वारेमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको थियो ।

दृष्टिवहिन तथा अपांगतलाइ हेरचाह,स्याहारसुसार र उनिहरुको सकारात्मक आत्मवलका विषयमा उनिहरुका परिवारलाइ अभिमुखिकरण तालिमबाट प्रशिक्षित पारिएको थियोे ।समुदाय,घरपरिवार समेत उनिहरुको राम्रो हेरचाह र सहयोगी पनामा विशेष भुमिका निभाउन आग्रह गरिएको छ ।कार्यक्रमको अध्यक्षता नेपाल नेत्रहीन संघ सुर्खेत सिम्ता गाउँपालिका शाखा अध्यक्ष चेतन सुनार, प्रमुख अथिति नेपाल नेत्रहीन संघ सुर्खेतका अध्यक्ष तोरण अधिकारी, अन्य अतिथिमा सिम्ता गाउँपालिका,६ राकमका वडा सदस्य श्री तेजविकम शाही,नेपाल नेत्रहीन संघ सुर्खेतका उपाध्यक्ष,योगेन्द्र शाही,उधोग बाणिज्य संघ भेरीका सदस्य गणेश सुनार, रेडक्रसका सिम्ता प्रतिनिधि रुद्र केसी, सिएसिम्ता प्रतिनिधि सिएमसी नेपालकिकिमसरा खत्री

लगाएत र सिम्ता गाउँपालिकाका ९ वटै वडाका उपाङ्गता भएका अभिभावक,आफन्तहरुको उपस्थिति रहेको थियो । कार्यक्रम उपस्थित अपाङ्गता भएका घरपरिवार व्यक्तिहरुलाई अपांगता नागरिक पनि यो देशका लागि धेरै महत्वपूर्ण योगदान दिन सक्छन् त्यसैले हामीले उहाँहरुको विकास र सहयोगका निम्ति लाग्नुपर्ने कुरामा जोड रहेको थियोे ।ुपरिवारका सदस्य,संरक्षक र समुदायका व्यक्तिहरुलाई दृष्टिविहीनहरुको समस्या तथा मुद्दाहरुको वारेमा अभिमुखिकरण कार्यक्रममा सञ्चालन एनएवी तथा डिएवी सुर्खेत परियोजाना प्रमुख रविन्द्रकुमार चन्द र सहजिकरण झरना रानाले गर्नुभएको थियो ।उक्त कार्यक्रममा वागेश्वरी माध्यमिक विधालयमा अध्ययनरत दृष्टिविहीन विधार्थीहरुका लागि व्रेल पेपर समेत हस्तान्तरण गरिएको थियोे ।

अपांगता भएका परिवारलाई अभिमुखिकरण

नेपाली काँग्रेस भन्ने पार्टीले नी आन्दोलन गर्ने

अपांगता भएका परिवारलाई अभिमुखिकरण

सिम्ताली एकता समाजको अध्यक्षमा ललित सिंह निवार्चित

Leave a comment

Your email address will not be published. Required fields are marked *