२०८२ बैशाख १७ गते
×

Now Playing

विपन्न परिवारलाई राहत सामाग्री वितरण

चन्द्रबहादुर विश्वकर्मा ।

जाजरकोट, २८ भदौ ।

जाजरकोटका विपन्न परिवारलाई राहत सामग्री वितरण गरिएको छ । सेभ द चिल्ड्र«ेनको आर्थिक सहयोग, कुशे गाँउपालिका र पहाडी क्षेत्र विकास अभियानको समन्वयमा जाजरकोटको कुशे गाँउपालिकाका विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।

कोरोनाको महामारी (कोभिड १९) को कारण भारत लगायत तेस्रो मुलुकबाट रोजगारी गुमाएर स्वदेश फर्किएका गाँउपालिकाको ९ वटा वडाका सात ४५ परिवारलाई पालिकाको अध्क्षय हरिचन्द्र बस्नेतद्धारा राहत सामाग्री वितरण गरिएको हो । राहत सामाग्री विवतणमा एक परिवारलाई ६० केजी चामल, २ सय परिवारलाई प्रति परिवार धारा सहितको हात धुने बाल्टी, ५ वटा सावुन, ५ वटा रुमाल, १ पत्ता पानी शुद्धिकरण गर्ने एक्वाट्याव सहित स्वास्थ्य सामाग्री वितरण गरिएको पहाडी क्षेत्र विकास अभियानका कार्यकारी निर्देशक रणबहादुर कार्कीले जानकारी दिए ।

लामो समयसम्म भएको लकडाउन र महामारीका कारण ज्यालादारी गरी समस्यमा परेका यस पालिकामा रहेका अति विपन्न परिवारलाई सेभ द चिल्ड्र«ेन र पहडी क्षेत्र विकास अभियानले सहनीय काम गरेको कहिल्यै विर्सन नसकिने छाप लगाएको अध्क्षय हरिचन्द्र बस्नेतले बताए । राहत सामाग्री वितरणमा सात सय ४५ घरपविारलाई ४४७ क्विन्टल चामल, २६ लाख ४ सय ८७ रुपैयाँ बराबरको वितरण गरिएको निर्देशक कार्कीले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *