अर्काकी श्रीमति भगाउने वडा अध्यक्षले तिरे ३ लाख ८० हजार जारी

दुर्गा विसी
सल्लीबजार, १२ मंसिर ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष इन्द्र कुमाइले गाउँकै एक स्थानीय महिलासँग तेस्रो प्रेम विवाह गरेका छन् । तेस्रो विवाह गरेपछि गौमतिको पहिलो श्रीमान नोखिराम बोहरालाई जारीसँगै उनको ऋणसमेत तिरिदिने सहमति भएको छ । हिवार सबैको सल्लाह र राय बमोजिम उनले ३ लाख ८० हजार जारी र ३ लाख ९५ हजार वोहराको ऋण तिरिदिने बताइएको छ ।

९ नं. वडा कार्यालयमा भएको स्थानीयको भेलाको निचोडमा यो कुरा टुंगो लागेको स्थानीय दिपक यरिको भनाई छ । तर वहुविवाह गर्ने वडा अध्यक्षलाई भने केही दिन अघिदेखि प्रहरीले सुरक्षा दिँदै आएको थियोे ।  स्थानीयको डरले प्रहरीकै सुरक्षामा उनले केहिदिन अघिदेखि वडामा कामकाज गर्दै आएको स्थानीयको भनाई छ ।

यो उनको तेस्रो विवाह हो । विवाह गर्ने महिला गौमती वोहराको ५ बच्चा बच्ची र वडा अध्यक्षको पनि ४ वच्चावची रहेका छन् । गाउँमा पहिलेदेखि उनीहरु विचमा बसउठ हुने गर्दथ्यो ।  लामो समयदेखि नै अध्यक्षले ती महिलालाई उपभोक्ता समितिमा समेत राख्ने गरेको स्थानीयको भनाई छ । उनको नाम समितिमा नछुट्दाउदा स्थानीयले पहिलेदेखि नै संकाको दृष्टिले हेर्न गरेका थिए ।

वडा अध्यक्ष कुमाइले भने गौमतिको श्रीमान नोखिराम वोहराले घरबाट निकालिदिएपछि मर्ने डरले आफुले विवाह गरेको जनाउँदै आएका छन् ।  योसहित अब अध्यक्षको अवैध ३ वटा श्रीमति भएका छन् । नोखिराम भने न्यायको लागि भौतारी रहेका थिए तर न्याय नपाउने उपाए देखेपछि उनले जारी बुझ्न राजी भएका छन् ।

जारी र केही भएको ऋृण अध्यक्ष कुमाइले तिरिदिने सहमति भएपनि वोहराका अनुसार नावालक छोराछोरी कसरी पाल्ने भनेर उनलाई ठुलो चिन्ता बढेको छ । प्रहरीले नै नोखिरामले वहुविवाहा सम्बन्धि मुद्दा हाल्न खोज्दा इन्कार गरेको गुनासो गरे । जिल्ला प्रहरी कार्यलय सल्यानले भने वडा अध्यक्षको जेठि श्रीमति बाहेक अरु कुनैले हालेको मुद्दा नलाग्ने भन्दै आएको थियोे ।

उक्त मुद्दा हाले पनि बैध नहुने प्रहरीकै तर्क छ । तर सार्वजनिक फौजदारी मुद्दा सुनेको भरमा, सञ्चार माध्यममा छ्याप्प छ्याप्ति हुँदाहँुदै समेत व्यवस्था देखाउनुले कानुनी राज्यको उपहास भएको अन्यको ठहर छ । अझै वडा अध्यक्ष कुमाइको सुरक्षाको लागि दैनिक प्रहरी खटिनुले घृणित कार्य भएको स्थानीयको भनाई छ ।

सामान्य नागरिकले गाउँ गाउँघरमा वालविवाह, वहुविवाह गरेपछि सुनेकै भरमा छापा मार्ने र नियन्त्रणमा लिने प्रहरी भने शक्ति सामु मुखदर्शक बनेको कानुन विदहरुको भनाई रहेको छ । समाजमा यो निकै लाज मर्दो कार्य भएको छ ।  वडा अध्यक्ष जस्तो व्यक्तिले वालविवहा न्युनिकरण, वहुविवाहप्रति कठोर निति लिनुपर्नेमा झनै समाजमा पुरस्कृत हुने काम गरेका छन् ।

उनलाई पुनः यस्ता गल्त क्रियाकलापलाई प्रसय दिएर कानुनलाई नै चुनौती दिएका छन् । हत्कडी लाउनुपर्नेलाई उल्टै प्रहरी सुरक्षा दिएको छ । त्यो पनि सार्वजनिक पदधारणा गरेको जनप्रतिनिधिबाट । कानुनलाई मुठ्ठीमा लगेर यस्तो खाले हर्कत गर्नेलाई खै कारवाहि ? अझै सुरक्षा दिनु भनेको प्रहरी संगठनको धज्जि उडाउने काम भएको वडा कार्यालयमा खटिएका सुरक्षाकर्मीका यी दुई फोटाले प्रमाणित गरेका छन् ।

वडा अध्यक्षसँग विवाह गर्ने महिला महिला स्वास्थ्य स्वंसेविका पनि हुन । (पुर्व माओवादि) हाल नेकपाबाट निर्वाचित जनप्रतिनिधिको यो हर्कत सारै निन्दनीय भएको स्थानीयहरुको भनाई छ । दुबै जनाको उमेर ४५ कटेको छ । ठुलावडाले कानुन उलंघन गरे समाजमा सहमतिमा कुरा मिलाइन्छ भने अन्य सर्वसाधारण यस्तै गरे हत्कडी लाएर जेल जानुपर्ने अवस्था छ ।

याे पनि पढ्नुहाेस :

वडा अध्यक्षले नै उठाए अर्काको घरगाेठ (श्रीमति-छाेराछाेरी)

तपाईको प्रतिक्रिया