वडा अध्यक्षले नै उठाए अर्काको घरगाेठ (श्रीमति-छाेराछाेरी)

सल्यान, ३ मंसिर ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष इन्द्र कुमाइले गाउँकै एक स्थानीय महिलासँग पुनःविवाह गरेका छन् । यो सहित उनको तेस्रो विवाह हो । विवाह गर्ने महिला गौरी वोहराको ५ बच्चाबच्ची र वडा अध्यक्षको पनि ४ वच्चाबच्ची रहेको बुझिएको छ ।

गाउँमा पहिलेदेखि उनीहरु विचमा बसउठ हुने गर्दथ्यो । लामो समयदेखि नै अध्यक्षले ती महिलालाई उपभोक्ता समितिमा समेत राख्ने गरेको स्थानीयको भनाई छ । उनको नाम समितिमा नछुटाउँदा स्थानीयले पहिलेदेखि नै संकाको दृष्टिले हेर्न गरेका थिए । वडा अध्यक्ष कुमाइले भने गौरीको श्रीमान् नोखिराम वोहराले घरबाट निकालिदिए पछि मर्ने डरले आफुले लिएको स्विकारे ।


योसहित अब अध्यक्षको अवैध ३ वटा श्रीमति भएका छन् । नोखिराम भने अहिले न्यायको लागि भौतारी रहेका छन् ।  उनका अनुसार नावालक छोराछोरी कसरी पाल्ने भनेर उनलाई ठुलो चिन्ता बढेको छ । रुदै फोन सम्पर्कमा उनले भने अध्यक्षले मेरो घर धोस्त बनायो, मेरा नावाल बालबच्चाको विचलि पार्याे । अब अन्तिम उपाए भनेको आएर परिवार थुनि घरमा आगो लगाउनु प¥यो भन्नका लागि भेट्ने प्रयास गरेको छु तर भेटहुन सकेको छैन ।

वडा अध्यक्षसँग विवाह गर्ने महिला महिला स्वास्थ्य स्वंसेविका पनि हुन । (पूर्व माओवादी) हाल नेकपाबाट निर्वाचित जनप्रतिनिधिको यो हर्कत सारै निन्दनिय भएको स्थानीयहरुको भनाई छ । दुबै जनाको उमेर ४५ कटेको छ । मंगलबार विहान दुबै जना सम्पर्क विहिन भएको स्थानीयको भनाई छ भने यता वडा अध्यक्ष कुमाइसँग हाम्रो फोन सम्पर्क भएपछि उनले नि भगाएको स्विकारेका छन् । काम बिगारी सक्यो अब कसरी सुधार्ने भन्नेमा म आफै चिन्तित रहेको उनले बताए ।


1 thought on “वडा अध्यक्षले नै उठाए अर्काको घरगाेठ (श्रीमति-छाेराछाेरी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार