सरकारी साधनमा तरुनी बोक्नेदेखि भट्टी पसल धाउँदै

दुर्गा विसी
सल्लीबजार, २४ कार्तिक ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका नगरदेखि वडा सम्मका सरकारी सवारी साधनहरुको चरम दुरुपयोग हुने गरेको छ । १२ वटै वडामा दिएका मोटरसाइकलहरु सरकारी कामकाज भन्दा व्यक्तिगत प्रयोजनमा बढी प्रयोग हुने गरेको पाएको छ । यात्रु वसारपसार गर्नेदेखि नयाँ सिकारुले सिक्ने र व्यापारिक प्रयोजनमा हिडेको पाईन्छ । चाडपर्वमा श्रीमति बोकेर माइत हिडेको भेटियो ।

सरकारी कामकाजमा दिइएका सवारी साधन जनप्रतिनीधिदेखि कर्मचारीहरुले व्यक्तिगत प्रयोजनमा दुरुपयोग गरेका हुन । पुजा आजा, नाचगान, विवाह रमाईला मेला पर्व, चाँडपर्व हँुदै राती १२ वजेसम्म पनि उक्त मोटरसाईकल गाउँघरमा विना कामकाज हुईकिएका हुन्छन् ।

कति त तरुनी बस्न, ल्याउन–पु¥याउन समेत गाउँहरुमा मध्यरातमा ती सरकारी मोटरसाइकल फेला परे । सरकारी नम्बर प्लेटका सवारी साधन सरकारी कामकाज र कार्यालय समय बाहेक अन्य समयमा प्रयोग गर्न नमिल्ने हो । तर नगरका १२ वटै वडाका मोटरसाईकलदेखि नगरले भाडामा लिएका गाडीहरु दुरुपयोग भएको स्थानीयको भनाई छ ।

नगरपालिकाको प्रत्यक्ष गतिविधि नियालिरहेका एक जना जानकारका अनुसार नगरका प्रमुखदेखि वडा अध्यक्ष हँुदै कर्मचारीले प्रयोग गरिरहेका सवारी साधनमा व्यापक दुरुपयोग भएको छ । नगरका नागरिक भने गाउँमा पानी खाना पाईरहेका छैनन् सजिलोसँग आवतजावत गर्ने सार्वजनिक सवारी साधन चल्दैन, पैदल हिड्नुपर्ने बाध्यता छ ।

नागरिक विरामी पर्दा एम्बुलेन्स छैन । टोल–टोलमा स्थानीयले खानेपानीको चरम संकट झेलिरहेका छन् । स्थानीयले जनप्रतिनिधिसँग राम्रो शिक्षा, स्वास्थ्य, बाटोघाटो जस्ता कुराको प्रत्याभुति गराउँ भनिरहेका छन् । अत्यावश्यक कामकाज वाहेक जनप्रतिनिधी कर्मचारीले सरकारी सम्पत्तिलाई आफ्नो व्यक्तिगत सम्पत्ति सोचेर प्रयोग गरिहरेका छन् । यसको फ्युल खर्चदेखि मर्मत खर्च समेत नगरले दिने गरेको छ । विनाकारण, विना ईजाजत सरकारी गाडी सञ्चालन तथा प्रयोग भएमा प्रहरी प्रशासनले निगरानी राख्नु पर्ने हो तर यहाँ तेसो नभएको देखिन्छ ।

कर्मचारीदेखि जनप्रतिनिधिबाट सरकारी सवारी साधनको दोहन हुने गरेको छ । आवश्यकता भन्दा अनावश्यक सरकारी गाडी बढी गुडेको भेटिन्छ । यो पनि राज्यको सम्पत्तिको चरम दुरुपयोग र अनियमितता हो । एक वर्ष अघि खरिद गरेका मोटरसाइकल स्टार्ट हुन छाडे ।  यसको नियमन गर्ने निकाय को ? शनिबार र सार्वजनिक विदाको दिन पनि किन चलाइन्छ सरकारी गाडी ? गरिविका खानेगासको जोह गर्ने अटोरिक्सा सधैं नियन्त्रणमा लिने प्रहरी भने यी साधान चेकजाँच नै नगरी किन छाड्छ । ठुलालाई चैन, सानालाई मात्रै ऐन भएनर ?

सरकारी साधनमा तरुनी बोक्नेदेखि भट्टी पसल धाउँदै

उद्धार उडान बन्द गर्न सिसिएमसीको सिफारिस

सरकारी साधनमा तरुनी बोक्नेदेखि भट्टी पसल धाउँदै

अव युवालाइ नेतृत्व

Leave a comment

Your email address will not be published. Required fields are marked *