भारतबाट अाएका नागरिकको घरमै स्वास्थ्य परिक्षण

दुर्गा विसि

सुर्खेत, २६ चैत्र ।

सुर्खेत सिम्ता गाउँपालिकाले भारतबाट अाएर महेन्द्र बहुमुखी क्याम्पसकाे क्वारेन्टिनबाट भागेका ७ जनाकाे स्वास्थ्य चेकजाँच गरेको छ । रुपैडिया नाकाहुदै उनिहरु नेपाल भित्रने क्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जकाे क्वारेन्टाइनमा राखिएको थियो । सिम्ताका विभिन्न स्थानका ७ जना वढि उक्त क्वारेन्टाइनबाट भागेर घर अाएका थिए ।

यहि चैत्र ११ गते उनीहरु भित्रीएका थिए । १६ दिन पुगेपछि सिम्ता गाउँपालिका, ४ सिमलागाउका ७ जनाकाे गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसि सहित गाउँ स्वास्थ शाखा संयोजक विरेन्द्र पुनकाे टाेलि घरमै पुगेर स्वास्थ्य परिक्षण गरिएको छ । सिमलगाउ पुगेर चिकित्सककाे टाेलिले उनिहरुकाे स्वास्थ परिक्षण गरिएको छ ।

सबैकाे अवस्था समान्य रहेको जनाएको छ । भारत तथा अन्यमुलकबाट सिम्ता भित्रिएका १ सय ५२ जना नागरिकको स्वास्थ सामान्य रहेको समेत जनाएको छ । संकास्पदहरुको भने स्वाव परिक्षण समेत हुने जनाएको छ । जति पनि भारतबाट अाएका नागरिक सिम्ताकाे टाेलटाेलमा वनेकाे एक्सन ग्रुपको निग्रानीमा रहेका छन् भने अाफ्नै घरकाे क्वारेन्टाइनमा वसेका छन् ।

महेन्द्र बहुमुखी क्याम्पस क्वारेन्टाइनबाट भागेका सिम्ता सिमलगाउका नागरिककाे स्वास्थ्य परिक्षणका लागि गाउँपालपका अध्यक्ष सहितको टिम,सुरक्षाकर्मी,स्वास्थकर्मिहरुको टाेलि घरघरमा पुग्ने गरेको छन् । काेराेना महामारी राेकथामका लागि सिम्ताले ९ वटै वडाकाे टाेलटाेलमा स्वास्थ्यकर्मी, महिला स्वास्थ स्व सेविका, जनप्रतिनिधि, शिक्षक, राजनीतिकर्मी सहितको युनिट एक्सन बनाइ काम सञ्चालन गरिरहेकाे छ।

भारतबाट अाएका नागरिकको घरमै स्वास्थ्य परिक्षण

विपद् कोषमा सबैभन्दा धेरै बौद्ध ग्रामीणको २५

भारतबाट अाएका नागरिकको घरमै स्वास्थ्य परिक्षण

गंगामाला सहकारी छिन्चुको सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *