कर्णालीमा ६ हजार बढीमा कोरोना संक्रमण

सुर्खेत, २३ कात्तिक ।

कर्णाली प्रदेशमा हालसम्म आरटी पिसिआर परीक्षण गर्नेको संख्या ८९ हजार तीन सय ५४ पुगेको छ । जसमध्ये ६ हजार एक सय ७० जनामा कोरोना संक्रमण देखिएको छ ।

शनिवारसम्म सुर्खेत, जुम्ला र दैलेख स्थित प्रयोगशालाबाट १६२ जनाको आरटीपिसिआर परीक्षण गरिएको छ । जसमध्ये प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ८५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा ५९ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म प्रयोगशा लागत क्युमुलेटिभ अन्तर्गत प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ४५ हजार ९ सय २९, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २७ हजार २ सय ९१, दैलेख अस्पताल, दैलेखमा ६ हजार ५ सय २७, चौरजहारी नरपालिकालको प्रयोगशाला, रुकुम पश्चिममा ९ हजार ५ सय १८ र कमलबजार नगरपालिका प्रयोगशाला, अछाममा ८९ रहेको छ ।

हालसम्म कर्णाली प्रदेशमा कोभिड १९ संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या पाँच हजार पाँच सय पच्चीस जना रहेका छन् । प्रदेशमा कोभिड १९ संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या १६ पुगेको छ । मृत्यु हुनेमा सुर्खेतका ८, दैलेखका ४, डोल्पाका १, कालिकोटका १, रुकुम पश्चिमका १ र अन्य प्रदेश (बाँके) का १ जना रहेका छन् ।

कर्णालीमा ६ हजार बढीमा कोरोना संक्रमण

‘नागरिकको सेवा गर्न निजामती क्षेत्र रोजे’

कर्णालीमा ६ हजार बढीमा कोरोना संक्रमण

मंसिर १ गते देखि सबै धार्मिक क्षेत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *