मेयर कप स्थगित

सुर्खेत : आगामी चैतमा सञ्चालन गर्न लागिएको मेयर कप फुटबल प्रतियोगीता स्थगित गरिएको छ । कोरोना भाइरसका कारण चैतमा सञ्चालन गर्न लागिएको फुटबल प्रतियोगिता स्थगित गरिएको जिल्ला फुटबल संघले जनाएको हो ।

वीरेन्द्रनगर नगरपालिकाको प्रायोजनमा सञ्चालन गर्न लागिएको प्रथम मेयर कप कोरोना भाइरसको प्रभावका कारण स्थगित गरिएको संघका सहमहासचिव शरद भण्डारीले जानकारी दिए । उनले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि प्रतियोगिता स्थगित गरिएको बताए ।

मेयर कप स्थगित

YUGAAWHAN NATIONAL DAILY (2076-11-24)

Leave a comment

Your email address will not be published. Required fields are marked *