नेकपा सचिवालयमा ओलीको बहुमत

काठमाडौं, २० वैशाख ।
अध्यादेश प्रकरणपछि पार्र्टीिभत्र र बाहिर आलोचित भएर राजीनामा दिने वा हटाइने अवस्थामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा एकाएक आन्तरिक समीकरणमा बलियो बनेका छन् ।प्रचण्ड–माधव नेपाल गठबन्धनमा रहेका उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री तथा सचिवालय सदस्य रामवहादुर थापा बादलको साथले ओली बहुमतमा पुगेका हुन् । यसअघि सचिवालयमा ओली अल्पमतमा थिए ।

ओली पक्षका नेकपा नेता कृष्णगोपाल श्रेष्ठले सचिवालयमा प्रधानमन्त्रीलाई बहुमत पुगेपछि हाललाई पार्टीभित्र उत्पन्न संकट मोचन भएका बताए । अब ओलीको साथमा बामदेव, बादल, ईश्वर पोखरेल र विष्णु पौडेल हुनेछन् । नौ सदस्यीय सचिवालयमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ चारजना अल्पमतमा पुगेका छन् ।

प्रचण्ड–माधव नेपाल पक्षले स्थायी कमिटी बैठकको माग गर्नेछ । तर, ओलीले स्थायी कमिटी बैठक नबोलाउने संकेत महासचिव विष्णु पौडेलले अनलाइनखबरसँगको अन्तवार्तामा गरेका छन् । शनिबार बिहानैदेखि ओलीले बामदेवसँग बालुवाटारमा छलफल गरेका थिए । आफू निकट अन्य नेताहरुसँग पनि छलफल गरे ।


महासचिव पौडेल विहानैदेखि बामदेवसँगै थिए । वामदेवलाई ओलीले कसरी कन्भिन्स गरे भन्ने खुलेको छैन । तर, भैंसेपाटीस्थित गौतम निवास पुगेका नेकपाका सांसदहरुसँग उनले आफू ओलीको पक्षमा उभिने बताएका थिए । गौतम उपचुनावबाट प्रतिनिधिसभामा आउने सम्भावना रहेको उनलाई भेटेका एक सांसदले बताए ।

प्रधानमन्त्रीले अहिले राजीनामा पनि नगर्ने र कहिलेसम्म बामदेवलाई प्रधानमन्त्री बनाउने भन्ने पनि खुलाइने छैन । गौतमलाई उपयुक्त समयमा उपयुक्त प्रक्रियाबाट संसदमा ल्याइने र त्यसपछि अरु विषयमा छलफल हुने ओलीनिकट नेताहरुले बताएका छन् ।

ओलीले बुधबारको बैठकमा अचानक आफूले छाडेपछि गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएदेखि उनी खुमलटार र कोटेश्वरका बैठकमा जान छाडेका छन् । यसअघि गौतम निवासमा बनेको भैंसेपाटी गठबन्धन पनि भत्किएको छ । गौतम ओलीतिर लागेपछिको रणनीति बनाउन प्रचण्ड माधव नेपाल पक्षको पनि अलग्गै छलफल भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार