कोरोना कहरमा बनगाडमा बने १६ विद्यालय भवन

दुर्गा विसी
सल्यान, २० कार्तिक ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा शिक्षाको भौतिक पुर्वाधार तर्फ मात्रै ४ करोड ५ लाख रुपैया खर्च भएको छ । नगर शिक्षा शाखाको शिक्षा वजेट तर्फबाट ९६ लाखका २ कोठे ६ वटा भवन र ३ शौचालय गरी १ करोड १७ लाखमा ती भवन निर्माण कार्य सम्पन्नता भएको नगर शिक्षा अधिकारी चक्र रावतको भनाई छ ।
त्यसैगरी कर्णाली प्रदेश सरकार तर्फबाट २ करोड ४० लाखमा ८ वटा भवन बनी सकेका छन् । त्यसमा २ कोठे, ६ कोठे २ वटा र ३ कोठे २ रहेका छन् भने बनगाड कुपिण्डे नगरपालिकाको मात्रै २ वटा ४८ लाखमा गत आर्थिक वर्षमा भवन वनेका हुन । कोभिडको समयमा पनि भवन बन्नु राम्रो पक्ष भएको इन्जिनियर महेश देवकोटाको भनाई रहेको छ ।
निकै चुनौतीपूर्ण घडिमा भौगोलिक विकट्ता भए पनि ती क्षेत्रका विद्यालयमा भवन बन्नु राम्रो कुरा भएको देवकोटाको भनाई छ । यी सबै भवनको समयमै अलि बढी ताकेता भएका कारण नगरमा एकै बर्ष ३ शौचालयसँगै १६ वटा भवन थपिएका छन् । बनगाड कुपिण्डे नगरपालिकाका नगर–प्रमुख गोविन्द कुमार पुनका अनुसार शिक्षामा बनगाड कुपिण्डे नगरपालिकाको शुन्य वजेट भन्ने यदाकदा मिडियामा हल्ला आउछ । तर ती हल्ला चिर्न एकै बर्ष प्रदेश सरकार र बनगाड कुपिण्डे नगरपालिकाको तर्फबाट विद्यालयको मात्रै १६ वटा भवन वनेको सायद यो पहिलो कुरा होला ।
शिक्षामा जहा जुन फन्टबाट भए पनि काम गर्ने र गराउने दाइत्व नगरको हो यो महाविपतिमा यी काम हुनुभनेको सकारात्मक कदम भएको नगर प्रमुखको भनाई छ । मावि च्युरामा १ शौचालयसँगै ५ कोठा, निमावि गर्छेमा ५ कोठा, मुक्ति मावि बामेमा शौचालयसँग ८ कोठा, भगवती निमावि, राधा निमावि भलाखर्क, शारदा निमावि क्युरेनि, निमावि घर्तीगाउँ, जय नेपाल निमावि गर्चे लक्ष्मी प्रावि लछुहाल्ने, प्रतिभा मावि जयत पानी, अम्मर प्रावि काफ्लपानी, कृष्ण प्रावी खरेखोला, सरस्वती प्रावि थापाचौर लगायताका स्थानमा रहेका विद्यालयका भवनको काम सम्पन्न भएको छ ।






