काठमाडौं आइपुगे भारतीय सेनाध्यक्ष नरवणे

काठमाडौं, १९ कात्तिक ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन्। नेपालका तर्फबाट राष्ट्रपतिले प्रदान गर्ने नेपाली सेनाको मानार्थ महारथी दर्जा लिनका लागि बुधबार उनी काठमाडौं आएका हुन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नरवणे नेपाल आएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नरवणेलाई मानार्थ महारथी सम्मान दिने कार्यक्रम तय भएको छ। नरवणेले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। उनी कात्तिक २१ गतेसम्म नेपाल रहनेछन्।

करिब ७० वर्षदेखि नेपाल(भारतीय सेनाबीच मानार्थ महारथी सम्मान आदानप्रदानको कार्यक्रम हुँदै आएको छ। भारत स्वतन्त्र भए देखि नै कार्यक्रम निरन्तर हुँदै आएको हो।

सेनाध्यक्ष नरवणेको भ्रमण २०७६ माघ २० गतेका लागि नै तय भएको थियो। तर, बन्दाबन्दीका कारण उनको भ्रमण रोकिएको सेनाको भनाइ छ। नरवणे कालापानी(लिपुलेक सीमाबारे बोलेका कारण आलोचित छन्। उनले चीनको उक्साहटमा नेपालले सो सीमा विवाद निकालेको दाबी गरेका थिए।

काठमाडौं आइपुगे भारतीय सेनाध्यक्ष नरवणे

भारतीय सेनाध्यक्ष नरवणे आज नेपाल आउँदै

काठमाडौं आइपुगे भारतीय सेनाध्यक्ष नरवणे

हाम्रो प्राथमिकतामा शिक्षा

Leave a comment

Your email address will not be published. Required fields are marked *