२०८३ मंसिर ११ गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

कानुनी सचेतना सम्बन्धी तालिम

दुर्गा विसी ।

सल्यान, १८ असोज ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा तीन दिने कानुनी सचेतना सम्बन्धी तालिम सम्पन्न भएको छ । बनगाड कुपिण्डे नगरपालिकामा सिमान्तकृत समुदायको न्यायमा पहुँचका लागि न्यायिक समिति तथा सिमान्तकृत समुदायका जनप्रतिनिधि लाई तीन दिने कानुनी सचेतना तालिम आइतवार सम्पन्न भएको हो ।

३ दिन सम्म सञ्चालन भएको तालिममा नेपालवार एसोसियसन सल्यानका अध्यक्ष लालबहादुर रावत, सरकारी वकिल कार्यलयका भिम काफ्ले र वारका केन्द्रीय पारषद् सिपी वलीले स्थानीय तहमा न्यायिक निरुपणका विषयमा प्रशिक्षण दिएका थिए । बालविवाह, वहुविवाह, कुटपिट झैझगडा, लेनदेन, बोक्सी आरोप, महिला हिंसा, सम्बन्ध विच्छेद, विवाह दर्ता, जन्म दर्ता, मृत्युदर्ता, मेलमिलाप र मिलापत्रका विषयमा न्यायिक समिति तथा सिमान्तकृत जनप्रतिनिधिलाई उक्त तालिम दिएको हो ।

तालिमबाट धेरै कुरा प्रस्ताव भएको र आगामी दिनमा अल्झिएका कानुन उल्झन सजिलोसँग निरुपण हुने विश्वास लिएको छ । कार्यालय, कर्मचारी, कानुनी परामर्श कर्ता, तालिम र कानुनी ज्ञान अभावमा स्थानीय न्यायिक समिति सधैं अलमलमा पर्ने गरेको न्यायिक समितिको गुनासो छ । यसले केही कुरा प्रष्ट भएको न्यायिक समिति सदस्य मोमत रोकाको भनाइ छ । विविध समस्याले स्थानीय न्यायिक समितिहरु परिवन्धमा परेको ।स्थानीय न्यायिक समिति नाम मात्रैको भयो । अधिकार धेरै छ तर काम गर्दा धेरै कुराको अभावले समस्या तेस्रिएको न्यायिक समिति संयोजक मञ्जु यरिको भनाइ छ ।

बनगाड कुपिण्डे नगरपालिकामा आएर नगरपालिकाले गर्नु पर्ने दिनु पर्ने तालिम संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना युएनडिपीको सहयोग र ग्रामिण महिला उत्थान केन्द्रको साझेदारीमा उक्त तालिम प्रदान गरिएको हो । उत्थान केन्द्रकी अध्यक्ष सोविता बस्नेतले संस्थाको मुख्य ध्यय न्यायिक निरुपणका विषयमा पिडिडतलाइ न्याय दिने वातावरण सृजना गर्ने नै स्थानीय न्यायिक समितिको मुख्यतः काम भएको जनाइन् ।

कानुनी सचेतना सम्बन्धी तालिम

प्रदेश ५ को राजधानी बुटवल माग गर्दै

कानुनी सचेतना सम्बन्धी तालिम

काँग्रेस केन्द्रीय कार्यालय पाँच दिन बन्द हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!