अपाङ्गमैत्री पुर्वाधार निमार्ण सहित चार अनुगमन समिति गठन

 

   

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका भित्र रहेका सामुदायिक तथा निजी विद्यालय, सरकारी र सार्वजनिक भवनहरुको पुर्वाधार अपाङ्गमैत्री छन छैनन भन्ने बारेमा नागरिक स्तरबाट अनुगमन गर्नका लागि अपाङ्गमैत्री पुर्वाधार निमार्ण अनुगमन सहित चारवटा अनुगमन समिति गठन गरिएको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको मानव अधिकार सुदृढिकरण कार्यक्रम अन्र्तगत शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न मानव अधिकार रक्षक र नागरिक सञ्जालसँगको छलफलबाट अपाङ्गमैत्री पुर्वाधार निमार्ण, उपभोक्ता हकहित संरक्षण, आवासको अधिकार र सार्वजनिक सेवा प्रवाह अनुगमन समिति गठन गरिएको हो ।

नागरिक सरोकार केन्द्र सुर्खेतका अध्यक्ष पिताम्बर ढकालको संयोजकत्वमा उपभोक्ता हकहित संरक्षण, गैरसरकारी संस्था महासंघका अध्यक्ष घनश्याम केसीको संयोजकत्वमा सार्वजनिक सेवा प्रवाह, भुमिअधिकार मञ्च कर्णाली प्रदेशका अध्यक्ष राजेन्द्र शर्माको संयोजकत्वमा आवासको अधिकार तथा नेत्रहीन संघका रिता चन्दको संयोजकत्वमा अपाङ्गमैत्री पुर्वाधार निमार्ण अनुगमन समिति गठन गरिएको इन्सेकले जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न, वीरेन्द्रनगर नपा भित्र बसोबास गर्ने बाढीपीडित तथा सुकुम्बासीहरुको आवासको अधिकार, वीरेन्दैनगरवासी उपभोक्ताहरुको अधिकार र सार्वजनिक सेवा प्रवाहमा भएका ढिलासुस्तीलाई न्युनिकरण गर्न वीननपा र अन्य सरोकारवालाहरुसँग समन्वय गरी उनीहरुलाई सजग बनाउने उद्देश्यले ती अनुगमन समितिहरु गठन गरिएको इन्सेक कर्णाली प्रदेश सुर्खेतका संयोजक नारायण सुवेदीले बताए ।

यसरी गठित समितिहरुले एक महिना भित्रमा वीरेन्द्रनगर नपा तथा अन्य सरोकारवाला निकायहरुसँगको समन्वयमा प्रतिवेदन तयार गरी सरोकारवालाहरुसँग छलफल गर्नुको साथै समस्या समाधानका लागि वीननपा सहित सरोकारवालाहरुलाई निरन्तर रुपमा दबाव दिने संयोजक सुवेदीले जानकारी दिए ।

संयोजक सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नागरिक सरोकार केन्द्रका अध्यक्ष पिताम्बर ढकालले वीरेन्द्रनगर नपामा आवास, खाद्य, शिक्षा, स्वास्थ्य, सडक र अपाङ्गतामैत्री पुर्वाधार निमार्णका देखिएका समस्याहरुलाई समाधान गर्न वीरेन्द्रनगर नपा र अन्य सरोकारवाला निकायहरुलाई नागरिक स्तरबाट निरन्तर रुपमा दबाव दिनुपर्ने उल्लेख गरे । कार्यक्रममा अधिकारकर्मी, नागरिक संघसंस्थाका प्रतिनिधी, जातिय संस्थाका प्रतिनिधी,यौनिक अल्यसंख्यक, लोपोन्मुख जातिका प्रतिनिधी र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

अपाङ्गमैत्री पुर्वाधार निमार्ण सहित चार अनुगमन समिति गठन

2076-09-19

अपाङ्गमैत्री पुर्वाधार निमार्ण सहित चार अनुगमन समिति गठन

जनहितकारी सहकारीको २१ औं स्थापना दिवस सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds