कात्तिक २५ देखि कर्मचारी सरूवा गर्न नपाइने

काठमाडौं, १८ कात्तिक ।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन मंसिर २७ गते हुने भएको छ। प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मंगलबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

जसअनुसार कात्तिक २५ गतेदेखि निर्वाचन कार्यक्रम नसकिँदासम्म कर्मचारीको सरूवा वा काज सरूवा गर्न पाइने छैन। ‘निर्वाचन सम्पन्न नभएसम्म निजामती सेवा ऐन २०४९ को दफा ५३ (२) (क) र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी विनियमावली २०६९ को विनियम १० (१) बमोजिम मतदाता हुने कर्मचारीको कात्तिक २५ देखि सरूवा काज सरूवालगायत कार्य नगर्न नगराउन र सरूवा भइसकेको भए रमाना नगर्न नगराउन अनुरोध गरिन्छ,’ कार्यालयले सूचना निकालेर मन्त्रालयहरूलाई आग्रह गरेको छ।

निर्वाचन आचारसंहिता लागू गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयदेखि सबै मन्त्रालयलाई कार्यालयले आग्रह गरेको हो। प्रमुख निर्वाचन अधिकृत कलानिधि पौड्यालले मंसिर २७ गते शनिबार निर्वाचन हुने बताए। त्यसका लागि मंसिर १० मा मतदाता नामावली प्रकाशनको काम हुनेछ।

मंसिर १४ गते उम्मेदवारी दर्ता, मंसिर १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र मंसिर २७ गते शनिबार बिहान ९ देखि ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ।

कात्तिक २५ देखि कर्मचारी सरूवा गर्न नपाइने

सर्वोच्चमा सरकारको पुनरावलोकन निवेदनः कोरोना उपचार र

कात्तिक २५ देखि कर्मचारी सरूवा गर्न नपाइने

मुख्यमन्त्रीलाइ प्रश्न

Leave a comment

Your email address will not be published. Required fields are marked *