गणितिय प्रतियोगिता सम्पन्न

नविन सुवेदी

सुर्खेत : गणित शिक्षा परिषद् सुर्खेत शाखाले आयोजना गरेको विद्यालयस्तरीय गणितिय प्रतियोगिता सम्पन्न भएको छ । माघ ४ गतेदेखि विभिन्न चरणमा आयोजित प्रतियोगिता शनिवार सम्पन्न भएको हो ।

प्रतियोगितामा साउथ एसियन स्कालर्स एकेडेमी सुर्खेतका विमल घिमिरे प्रथम भएका छन् । यस्तै इगरब्रिज माध्यमिक विद्यालयका समिर बिसी द्धितिय हुँदा सुर्खेत होराइजन एकेडेमीका स्नेहा शाही र जन नमुना माध्यमिक विद्यालयका मनोज योगीले तृतिय स्थान हासिल गरे ।

समापन कार्यक्रम परिषद्का सुर्खेत शाखा अध्यक्ष प्रेमकुमारी ढकालको सभापतित्व, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलको प्रमुख आतिथ्यता तथा गणित शिक्षा परिषद् कर्णाली प्रदेशका अध्यक्ष रत्नप्रसाद पाण्डेको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

गणितिय प्रतियोगिता सम्पन्न

वीरेन्द्रनगर जेसीज द्धारा पद हस्तान्तरण

गणितिय प्रतियोगिता सम्पन्न

YUGAAWHAN NATIONAL DAILY (2076-10-19)

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds