कर्णाली प्रदेश सभासदस्य टोली बाल विकास केन्द्र स्याङ्जामा

दिनेश कुमार बुढा

स्याङ्जा : अवलोकनको क्रममा कर्णाली प्रदेश सभासदस्य, सेभ द चिल्डे«न र सेतोगुराँसको सयुक्त टोली स्याङजा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. १ मा रहेको सेतोगुराँस बाल विकास सेवामा बिहिबार पुगेको छ ।

प्युठानको जनता बाल विकास केन्द, बागलुङ जिल्लाको सेतो गुराँस बाल बाटिका पछि स्याङजामा रहेको सेतोगुराँस बाल विकास सेवाको पनि अवलोकन सकेका छन् ।

त्यर्सै अवसरमा प्रारम्भिक बाल विकासका लागि प्रदेश सभा सदस्यहरुको सहकार्य समन्वय समुह कर्णाली प्रदेशको संयोजक सिता नेपालीले अन्य जिल्लाको तुलनामा बागलुङको बाल विकास केन्द्र संस्थागत ढंगले संचालन गर्दै आएकोमा शुभकामना व्यक्त गरिन् । यस्तै सह–सयोजक शुसिल थापाले गर्भावस्थादेखि लियर आँठ बर्ष भित्रका बालबालिकाको अधिकार उक्त संस्थाले सुनिश्चीत गने पहल गर्ने बताए ।

संयोजक नेपाली सहित संह–संयोजक सुशील थापा, झोवा वि.क, सचिव दानसिंह परिवार र सदस्यहरुमा रातो कामी,  बदमी क्वारी बोहारा, पद्मा खड्का, मिनासिंह रखाल, सोशीला शाही, अमृता शाही, कौशिलावती खत्री, सेतो गुराँस सुर्खेतका कार्यकारी निर्देशक जानकी देभकोटा अध्यक्ष रत्नलाल शर्मा र सेभ द चिल्डे«नका संयोजक यम थापाले बाल विकास केन्द्रको अवलोकन गरेका हुन् ।

यस्तै पुतलीबजार नगरपालिका उप–प्रमुख महेश पुरीले उक्त विषयलाई समेट्र्दै नगरपालिकाले ४४ लाखं रुपैयाँ महिला तथा बालवालिकाको लागि छुटाएको र साना–साना सडक बालवालिका को लागि काम गर्दै आएका संस्थाहरुलाई केही मात्रमा भए पनि सहयोग गर्दै आएको बताए ।

उनले भने ‘हामीले नगरपालिकामा मेयर संग बालबालिका कार्यक्रमको तयारी पनि गर्न लागेका र्छौ यस अभियानले पनि केही हद सम्म संयोग गर्ने छ’, ‘सासन गर्ने सासक हटाउनु पर्ने देखिन्छ् साथै नगर पालिका भित्र नौं हजार नौं सय ५५ घरधुरीका सबै परिवारका समस्या समाधान गर्ने योजना समेत बनाएका र्छौ ।’

प्रारम्भिक बाल विकासका लागि प्रदेश सभा सदस्यहरुको सहकार्य समन्वय समुह कर्णाली प्रदेशको आयोजना तथा सेभ द चिल्डे«न र सेतो गुराँस बाल विकास सेवा केन्द्र सुर्खेतको सहजिकरणमा तयगरिएको छ दिने अवलोकन भ्रमणमा सहभागी ११ जना प्रदेश सभा सदस्य, सेभ द चिल्डे«नका संयोजक यम थापा, सेतो गुराँस बाल विकास सेवा केन्द्र सुर्खेतका कार्यकारी निर्देशक जानकी देवकोटा र अध्यक्ष रत्नलाल शर्मा लगाएतको टोलीले सम्रगमाा (२०७६ मंसिर २८ देखी ०७६ पुस ०३) छ दिनको अवलोकन भ्रमण सकेर कर्णाली प्रदेश पर्किएको छ ।

कर्णाली प्रदेश सभासदस्य टोली बाल विकास केन्द्र स्याङ्जामा

2076-09-05

Leave a comment

Your email address will not be published. Required fields are marked *