सम्पादकीय : नागरिक सुरक्षाको ग्यारेण्टी गर !

सोमबार बिहान जनैपूर्णिमाको दिन मुगुको गमगाढ खोला डरलाग्दो गरी उर्लिएको थियो । एक वर्षभन्दा लामो समयदेखि निर्माणाधीन अवस्थामा अलपत्र मोटरेबल पुलको केही मिटर मास्तिर खोलामाथि जोखिमपूर्ण काठको लाप्कामार्फत यात्रुहरू वारपार गर्दै थिए । यस क्रममा दुई जना एक्कासि गमगाढको डरलाग्दो भेलमा खसे । लाप्कामार्फत खोला तर्न वारिपारि किनारमा पालो कुरेर बसेका केही यात्रु उद्धारको प्रयासमा […]

सम्पादकीय : काम एकातिर नगर प्रमुख भाम अर्कोतिर

२०८० चैत ३० गते मुगु जिल्ला सदरमुकामसमेत रहेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामको गुणगानसहितको एउटा अनलाइनमा अन्तरवार्ता प्रकाशन भएको थियो । जसको शिर्षक थियो गरिबलाई निःशुल्क नुन दिन्छु र जग्गा बाँझो राखेमा कारबाही गर्छु । त्यसमा उनले आफ्ना कार्यहरुको बुट्टेदार रुमाल प्रस्तुत गरेका छन् । जहाँ सजाउनको लागि कुनै कसर बाँकी राखेका […]

मुगु छायाँनाथ रारा नगरपालिकामा अधिकांश ठेक्का स्वीकृतिमा जालझेल

बेलाबेलामा धरान उपमहानगर पालिकाका मेयर हर्कराज राईको श्रमधान अभियानको सिको गरेर चर्चा आउने पात्र हुन् मुगुको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भाम । भामले बेलाबेलामा वृक्षारोपण, सडक तथा भवन निर्माण लगायत सार्वजनिक सरोकारका क्षेत्रमा श्रम गरेर चर्चा कमाउने गरेका छन् । श्रमदान नगरी समृद्धि सम्भव नहुने भन्दै अभियान चलाएका उनै मेयर भाव नेतृत्वको छायाँनाथ रारा […]

नदीजन्य वस्तु उत्खनन रोकिँदा विकास निर्माण प्रभावित

मुगु जिल्लास्थित छायानाथ रारा नगरपालिकामा नदीजन्य वस्तु उत्खनन रोकिँदा निर्माण प्रभावित भएका छन् । स्थानीय प्रशासनले स्थानीय सरकारलाई वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन तयार गरेर मात्र नदीजन्य वस्तु उत्खनन तथा बिक्री वितरण निर्देशन दिएको थियो । प्रतिवेदन तयार नगरी गैरकानुनी तरिकाले उत्खनन तथा बिक्री वितरण गरी नदी दोहन गरिएको पाइएको जनाउँदै पछिल्लो समय प्रशासनले नदीजन्य वस्तु […]

श्रमदानबाट समृद्धि देखेका मेयर भाम

छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भाम राजनीतिकलाई सेवा हो भनेर उनी राजनीतिकमा होमिए । युवा उमेरमा नै राजनीतिक होमिएका दिनदेखि नै दिनदुखीको सेवा गर्नु श्रममा विश्वास गर्ने गरेका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रायः श्रमदान गरिरहेकै भेटिन्छन्, यो सबैलाई थाहा छ । तर, मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले गरेको श्रमदान […]

नगर प्रमुख भामले लिए सात सय विद्यार्थी पढाउने जिम्मा

मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले सात सय विद्यार्थी पठनपाठनको जिम्मा लिएका छन् । नगरपालिकाभित्र रहेका सबै वडा समेटिने गरी नगरप्रमुख भामले अति विपन्न सात सय विद्यार्थी आफ्नो कार्यकाल भरी पठनपाठन आवश्यक सामग्री सहयोग गर्ने जिम्मा लिएका हुन् । नगरपालिकाभित्र रहेका ४५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत आधारभूत तहमा १० जना र माध्यामिक तहमा १५ […]

सडक स्तरोन्नतिको नाममा कामै नगरी २८ लाख ६२ हजार बढी भुक्तानी

मुगुस्थित छायानाथ रारा नगरपालिकाले कामै नगरी सडक स्तरोन्नतिका नाममा २८ लाख ६२ हजार चार सय ५९ रुपैयाँ ८४ पैसा निकासा गरेपछि तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारूसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान टुङ्ग्याएर सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले सारूसहित इन्जिनियर महेशसिंह कठायत, […]

This will close in 0 seconds