दुना, टपरीबाट व्यवसायिक बन्दै नन्दा

वन–जङ्गलमा खेर जाने सालको पातबाट दुना, टपरी बनाउँदै आएपछि नन्दा घर्ती मगर निकै खुशी छिन् । गुर्भाकोट नगरपालिका–१४, सुर्खेतकी नन्दा घर्ती मगरले दुना, टपरी बनाएर बिक्री गरी राम्रो आम्दानी गर्दै आएकी छिन् । उनले २०८० साल माघमा कर्णाली प्रेरणा दुना, टपरी एण्ड पेपर प्लेट उद्योग सञ्चालन गरी दुना, टपरी बनाएर बिक्रीमार्फत आम्दानी गर्न थालेकी हुन् […]