सम्पादकीय : विद्युत् प्रशारणलाइनको अवरोध हटाऊ

कर्णाली प्रदेशको लाइफलाइन हो, कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारणलाइन । विद्युत भार क्षमता कम हुँदा कर्णालीबासीले बत्तीको समस्या भोग्दै आएको वर्षौं भइसक्यो । उच्च क्षमताको विद्युत भार नहुँदा कर्णाली प्रदेशमा लगानीकर्ता समेत आउन मानिरहेका छैनन् । ठूला उद्योग सञ्चालन गर्न सकिने क्षमताको विद्युुत छैन् । जसले गर्दा ग्राहकले कर्णालीमा अघोषित लोडसेडिङ मार खेपिरहनुपरेको छ । […]

निकुञ्ज र बैजनाथ गाउँपालिकामा अवरोध

कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन अन्तर्गत सुर्खेत खण्डमा काम सकिनै लाग्दा बाँके खण्डमा भने अझै समस्या सुल्झिएको छैन । प्रशारण लाइन विस्तारको पहिलो खण्ड बाँकेको बैजनाथ गाउँपालिकामा स्थानीयको अवरोध छ । दोस्रो खण्ड बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रमा रुख कटानको प्रक्रिया सुरु हुन नसक्दा ३ बर्षदेखि आयोजना अगाडि बढ्न सकेको छैन । ७ […]