सल्यानमा सम्पन्न २०औं श्रीकृष्ण जन्माष्टमी गोल्ड कपको उपाधि आयोजकलाई

दुर्गा विसि

सल्यान,५ भदौ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा रिभर टाउन कल्वद्वारा आयोजित २० औं श्रीकृष्ण जन्माष्टमि गाेल्ड कपकाे उपाधि आयोजक सल्लिवजारले हात पारेको छ ।जनही १ लाख पुरस्कार राशि हात पार्दै टिम क्याप्टेन विश्वास विसिले खुसि व्यक्त गरे ।

श्रीकृष्ण जन्माष्टमिकाे अवसरमा बनगाडनगरपालिका–१ देवस्थल सल्यानमा भाद्र १ गते उद्घाटन भएको थियोे ।फाइनल खेल भने विविध कारण वस कल्वले मेहलकुनाकाे मिनि रंगशालामा सञ्चालन गरेको थियोे ।खुला फुटबल प्रतियोगितामा १५ वटा टिम सहभागी थिए फाइनल खेलमा आज आयोजक (रिभर टाउन क्लब  ए”) ले ४-३ काे अन्तरमा आयोजक (रिभर टाउन क्लब  बि”) लाई पराजित गर्दै २० औँ कृष्ण जन्माष्टमीको उपाधि हात पारेको थियो ।प्राविधिक कारणले सेमीफाइनल र फाइनल खेल भने गुर्भाकोट–७, गोकुलपुरस्थित मिनी रंगशालामा सम्पन्न गरेको कल्वका अध्यक्ष हिरालाल नेपालीले वताउनु भयो ।विजेता र उप विजेता दुबै टिमलाई विशेष कार्यक्रमका विचमा पुरस्कार वितरण गरेको जनाएको छ ।

पुरस्कार वितरण कार्यक्रम ईलाका प्रहरी इन्चार्ज धन वहादुर नेपाली,लक्ष्मी सनराइज बैंकका सिम्ता शाखा प्रमुख सिर्जन थापा,बनगाड यातायात प्रालिका तुलाधर नेपाली,खेल खेलाडी गाेपाल वुढा, भरत विसि,भेरि राप्ती यातायातका प्रतिनिधि,खेलाडीहरुकाे उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रम इप्रका इन्चार्ज नेपालीले समुदाय साझेदारी प्रहरी कार्यक्रमको विषयमा जाेडदिनु भएको थियोे । हिरालाल नेपालीकाे सभा अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रमको सञ्चालन विरेन्द्र वुढाले गरेको वताएकाे छ ।

सल्यानमा सम्पन्न २०औं श्रीकृष्ण जन्माष्टमी गोल्ड कपको उपाधि आयोजकलाई

सम्पादकीय : नैतिकता छ भने खेलकुद मन्त्रीले

सल्यानमा सम्पन्न २०औं श्रीकृष्ण जन्माष्टमी गोल्ड कपको उपाधि आयोजकलाई

घुयँत्राे : “बाको भदौँ: विधान संशाेधनदेखि मोदी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds