घुयँत्रो: “विद्या बाहिर, बाकै भित्र—भित्रिएका अरु झाेले मात्र”

हैन ! बा त पुरै मदन भण्डारी परिवारतिर खन्नेलान जस्ताे गर्याछन त हँ । मदन भण्डारीका नामबाट जन्म्या स्पाेर्टस क्लब हुन कि कलेज, अस्पताल हुनकि अन्य कुनै भाैतिक संरचना ती पाटिले स्थापना गर्यानि हैन गर्न सहमति द्यानि हैन ! ती नितान्त भण्डारी परिवारकै हुन भन्छन त गाँठे । हैन ! मदन भण्डारीकाे परिवासित यसरी बिष बमन गर्न थालेछि पाटियाँ त अप्ठेराे पर्लाहै !? के एमाल्याँ भण्डारीका पक्षाँ काेई छँदै छैनन हाेला त !पूर्व राष्ट्रपतिकाे पद र मान सम्माननै त्यागेर पाटिकाे काम गर्छु भनेर आ मान्छेलाई त झन सम्मानका साथ पाटियाँ भित्र्याएर बाँकि राजनीतिक कुरा बेलिविस्तारसित गर्याभानित हुन्थ्यो क्यारे । एक्कासि पाटिकाे सदस्यतै दिन्न तेराेलागि पाटिकाे प्रवेशद्वार नै बन्दछ भनेर पठाईदेर हुँदाे त ! आखिर उनी( विद्या भण्डारी ) र उनका पति मदन भण्डाले दुख गर्या पाटि त हाेनित एमाले । विद्यार्थी राजनीति देखिनै निरन्तर पाटि राजनिति गरेर उपाध्यक्ष समेत भै सक्या मान्छेलाई सदस्यतानै दिन्न भनेर बाले विद्याप्रति जुन व्यवहार देखाए यसले अन्तत्वगत्वा एमालेलाई नराम्रै प्रभाब पार्नेछ । खासमा ओलिबा आउँदाे २० बर्षसम्म एमालेकाे नेतृत्व आँफैले हत्याएर अरुलाई पाटिमा टिक्नै नदिने दाउमाछन । त्यसमा शंकर पाेख्रेल,विष्णु पाैडेल,अनि प्रदिप ज्ञवालीहरुलाई अङ्गरक्षक बनाएर उनिहरुले गाउँने बाकाे स्तुति गानमा हिटलर शैलिमा शासन गरेर देशलाई तहसनहस बनाएर छाेडने त्यसका लागि कुनै विपक्षि, पाटिमा जन्मिन नदिएर सुवर्ण अक्षरमा आफ्नो किर्ति र ईतिहास लेखाउने दाउमा रहेका बा अहिले अहिरावत हात्ती जसरि मदमत्तरुपमा मत्ताउने हिसाबमा छन । त्यसैलेनि उनलाई ऐले कसैले राेक्न छेक्न सक्दैन । ऐले उनकाे पक्षमा उनका कार्यकर्ता मात्रै हैन पूरै प्रकृति समेत लागेकाेछ ।उनका विपक्षि सरकारमा हुनकि पाटिमा त्यसै भागम्भागकाे स्थितिमा छन । कार्यालय,देवालय,संग्राहलय,चाेक, चाैतारा,हावा,पानी ,बर्षात, ताल तलैया, नदी ,खाेला,बगर ,चराचुरुङ्गी , पशु,चाैपाया, पातपतिङ्गर,नेता,कार्यकर्ता , झाेले ,चम्चे,माष्टर, कर्मचारी,माझी,बगैँचे ,धाेवि , नाई अर्थात याे धर्तिमा जतिपनि श्रृष्टि छन ती सबै बाकै समर्थन र सपाेटमा भए जस्तरी बा प्रस्तुत हुन थालेकाे देख्दा हाम्लाई त दिक्क लाग्न थाली सक्याछभने रातदिन बाकाे नजिक हुनु पर्नेहरलाई र ती पाटिका मान्छेहरले कति दिक्क मान्या हाेलान बाकाे रबैया देख्दा । हुनत मान्छेकाे एक पटक राम्रैसित पालाे आउँछ भन्छन त्यै पालाे आकाेत हाेला बालाई । उता बिचारा पाटिमा केही गर्छु यति लामाे समय बाँकिनैछ देश र जनताका लागि केही गर्न सकियाे भने राम्रै हाेला भनेर आकि विद्यालाई, आफ्नो जीवनकालसम्म आँफुले खाने त्यसपछि तपाईँलाई दिने भनेकाे भएनि त विद्याले त्यसमा सहमतिनै जनाउँथिन हाेला । तर आफ्नै भाग खाेस्न आएझैँ गरि बाले उनका कुरै नसुन्ने जुन धृष्टता गरे त्यसले कुनैदिन बालाई नराम्ररी घाेच्नेछ । विद्या राजनीतिमा आउन खाेजेकै देखेर मदन भण्डारीका नाममा बनेका हरेक संरचनालाई शत्रु देख्न थालियाे भने भाेलि ओलिका हरेक संरचनालाई पनि त्यस्तै शत्रुनै देखेर पालाको पैंचाे भयाे भने आजसम्म बाले देश र जनताका लागि दुख गरेकाे के अर्थ भयाे त । के याे कुरा एमालेका नेता कार्यकर्ताले गम्भीर भएर साेचेर उचित कदमचाल्दा पाटि र बा लाई हानि हाेला त ! वादमा पछुताउनु भन्दा अहिलेनै बा र विद्या भण्डारी एउटै पाटिमा बस्ने बाटाे अङ्गिकार गराैँ । यसैमा सबैकाे भलाईछ । चेतना भया ।

घुयँत्रो: “विद्या बाहिर, बाकै भित्र—भित्रिएका अरु झाेले मात्र”

घुयँत्रो: “डाक्टर गए, नेताको नाङ्गो नाच बढे”

घुयँत्रो: “विद्या बाहिर, बाकै भित्र—भित्रिएका अरु झाेले मात्र”

डिकेशनाथ योगीकाे मृत्यु :मृत्यु प्रकरण ७ सदस्यीय

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds