गोहीको आक्रमणमा बेपत्ता युवकको शव भेटियो

बर्दिया,२५ साउन ।
बर्दियाको मधुवन नगरपालिका–१ सूर्यपटुवा निवासी १९ वर्षीय रुप मिलन थारुको शव गोहीको आक्रमणमा परी वेपत्ता भएको पाँच दिनपछि फेला परेको छ ।

साउन २० गते ठाकुरबाबा नगरपालिका–९ को मध्यवर्ती क्षेत्रमा कर्णाली नदीको भँगालोमा पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परेका थारु घटनास्थलदेखि करिब साढे २ किलोमिटर तल, घोप्टो परेको अवस्थामा शनिबार  भेटिएका हुन् ।
मधुवन–१ का वडाध्यक्ष मिन बहादुर थापाका अनुसार शव क्षतविक्षत अवस्थामा रहेको छ र मृतकका बुवाले पहिचान गरेका छन् । त्रिभुवन मावि मधुवनबाट भर्खर १२ कक्षा पास गरेका थारुको शव गोठालाले देखेपछि स्थानीयमार्फत प्रहरीलाई खबर गरिएको थियो ।

घटनापछि सुरक्षाकर्मी, निकुञ्जका कर्मचारी र स्थानीयले लगातार खोजतलास गर्दै आएका थिए । फेला परेको शवलाई पोष्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको प्रहरीले जनाएको छ ।

गोहीको आक्रमणमा बेपत्ता युवकको शव भेटियो

नेपाल–भारत सीमाको नरैनापुरमा अनुगमन

गोहीको आक्रमणमा बेपत्ता युवकको शव भेटियो

अधियाँ खेतीमै निर्भर छ भूमिहीन परिवार

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds