लुम्बिनी प्रदेशमा वन्यजन्तुको आक्रमणबाट २८९ पीडित परिवारलाई १ करोड १९ लाख राहत वितरण

बाँके, २५ साउन ।
लुम्बिनी प्रदेशमा वन्यजन्तुको आक्रमणबाट प्रभावित २८९ घरपरिवारलाई १ करोड १९ लाख १२ हजार ३५२ रुपैयाँ राहत वितरण गरिएको छ । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८१–०८२ मा बर्दिया, बाँके, दाङ र अर्घाखाँचीका पीडितलाई राहत उपलब्ध गराएको हो ।
मन्त्रालयका अनुसार मानवीय क्षति भएका २० जनालाई ७९ लाख ७६ हजार २३२ रुपियाँ, २६८ वटा पशुपक्षी क्षति भएका परिवारलाई ३९ लाख ३४ हजार ५०० रुपैयाँ, र कृषि बालीमा क्षति भएका एक किसानलाई १,६२० रुपियाँ राहत दिइएको छ ।

सबैभन्दा धेरै राहत बर्दिया जिल्लाका १३६ पीडितलाई प्रदान गरिएको छ । जसमा मानवीय क्षति भएका १५ जनालाई ५८ लाख ६ हजार ३०० रुपियाँ र १२१ वटा पशुपालन क्षतिपीडितलाई १२ लाख ३० हजार ५०० रुपियाँ राहत उपलब्ध गराइएको छ।
त्यसैगरी, बाँके जिल्लामा दुई जना मानवीय पीडितलाई १८ लाख र ३६ वटा पशु क्षतिपीडितलाई ९ लाख १२ हजार ५०० रुपियाँ राहत दिइएको छ । अर्घाखाँची जिल्लामा ११० जना पशुपीडित किसानलाई १७ लाख ८१ हजार ५०० रुपियाँ राहत वितरण गरिएको छ । दाङ जिल्लामा तीन जना मानवीय क्षतिपीडितलाई ३ लाख ६६ हजार ९३२ रुपियाँ, एक जना पशुपीडित किसानलाई १० हजार र एक जना कृषि बाली क्षतिपीडितलाई १,६२० रुपियाँ राहत दिइएको छ ।

लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी सुशील सुवेदीका अनुसार यो राहत विगत तीन वर्षदेखि रोकिएको वितरणलाई समेटेर प्रदान गरिएको हो । उनका अनुसार राहत प्रक्रियामा झन्झटिलो प्रकृया र लामो समय लाग्ने भएकाले केही जिल्लाबाट सिफारिस नै नआउने गरेको पनि देखिएको छ ।

लुम्बिनी प्रदेशमा वन्यजन्तुको आक्रमणबाट २८९ पीडित परिवारलाई १ करोड १९ लाख राहत वितरण

अझै भेटिएनन् बाढीमा हराएका नेपाली अस्थायी टहरामा

लुम्बिनी प्रदेशमा वन्यजन्तुको आक्रमणबाट २८९ पीडित परिवारलाई १ करोड १९ लाख राहत वितरण

कर्णाली पर्यटन पत्रकार मञ्च गठन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds