कर्णाली प्रदेशले स्थापना दिवस तीन दिनसम्म धूमधामले मनाउने

सुर्खेत ,२३ साउन।
कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई यस वर्ष तीन दिनसम्म विशेष रूपमा मनाउने भएको छ। आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले ‘प्रदेश स्थापना तथा सहिद दिवस २०८२’ भदौ ३, ४ र ५ गते मनाउने निर्णय गरेको हो।

बैठकले मुख्यमन्त्री यामलाल कँडेलको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ। सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद शाहका अनुसार समारोह तीन दिनसम्म विविध कार्यक्रमसहित धूमधामका साथ मनाइनेछ।

२०७२ भदौ ४ गते जनआन्दोलनको जगमा साबिक कर्णाली अञ्चलसहित भेरी अञ्चलका सुर्खेत, दैलेख, जाजरकोट र राप्ती अञ्चलका सल्यान तथा रुकुम पश्चिमलाई समेटेर कर्णाली प्रदेश गठन भएको थियो। संविधानसभाबाट सङ्घीयताको खाका सार्वजनिक भएपछि कर्णाली प्रदेशको स्थापना भएको हो।

 

कर्णाली प्रदेशले स्थापना दिवस तीन दिनसम्म धूमधामले मनाउने

सुचारु भयो अवरुद्घ कर्णाली राजमार्ग

कर्णाली प्रदेशले स्थापना दिवस तीन दिनसम्म धूमधामले मनाउने

सम्पादकीय : पदीय मर्यादा कायम राख !

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds