एसइई ग्रेडवृद्धि ४ सय ९९ परिक्षार्थीका लागि जुम्लामा दुईवटा केन्द्र

गाेल्डेन बुढा
जुम्ला,२० साउन।
माध्यमिक शिक्षा परीक्षा(एसइई)२०८१ को ग्रेडवृद्धि परीक्षामा जुम्लादेखि चार सय ९९ जना विद्यार्थी सहभागी हुनेछन्।उक्त विद्यार्थीका लागि दुईवटा केन्द्र निर्धारण गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख सेर बहादुर राेकाका अनुसार जुम्लाकोसदरमुकाम खलंगामा अवस्थित चन्दननाथ माध्यमिक विद्यालय खलंगा र जुम्लाको सिंजा गाउँपालिका -३ मा रहेको भैरव माध्यमिक विद्यालय नराकाेट गरी दुईवटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
चन्दननाथ माविमा ३३ विद्यालयका विद्यार्थी सहभागी हुनेछन्।जसमा त्रिभुवन मावि झारज्वाला,सत्यवादी मावि दशाैदी,खड्गगदेवी मावि मणिसाघुँ,शंकर मावि गर्ज्याङकाेट, चन्दननाथ मावि खलंगा,रत्नचुण्डेश्वर मावि बाेहाेरा गाउँ,कर्णाली मावि अनामनगर,जनता मावि महत गाउँ,भैरव मावि धुपिढुस्का,चन्दननाथ मावि खलंगा (खुल्ला),शम्भुनाथ ज्ञानकुञ्ज मावि श्रीढुस्का,हिमशिखर मावि तातोपानी,दुर्गा मावि लाम्रा,नेत्रज्योति मावि हाँकु,जनजागृति मावि ताम्ती,कालिका मावि टाेप्ला,दुर्गा मावि मधुसुर्कीसर्मी,गणेश मावि राका,जनजागृती मावि बारागाउँ,सरस्वती मावि कुडारी,देउराली मावि जुम्लाकोट,सीता मावि रारालिही,जनजागृती मावि घाेडेपाेखरी,सेतीबाडा मावि नुवाकोट,ज्याेती मावि रासामालापानी,कालिका मावि ढिम्काेट,देवीमहादेव मावि रुखेटाचाैर,ऋणमाेक्ष मावि डिल्लीचाैर,सरस्वती मावि रिनी,गंगा मावि पेरे,मालिका मावि लाेठचाैर,सरस्वती मावि तल्फी र शंकर मावि लाेर्पा विद्यालयका विद्यार्थी छन्।भने भैरव माविमा १९ विद्यालयका एसइईको ग्रेडवृद्धि परिक्षार्थी सह हुने शिक्षा इकाई प्रमुख राेकाले बताए।यस्तै भैरव मावि नराकाेट,कैलाश मावि फुङ्ग्र,मालिका मावि धापा,महादेव माविमा गाेठिपिंगी,मावि जाेडु,मावि चुलेल गाउँ,कालिका मावि तलिकुडु,राहदेव मावि माेफ्ला,भानु मावि पाथरखाेला,कालिका मावि बड्की,नेत्रज्योति मावि ओदी,अन्नपूर्ण मावि मष्टमाडु,कनकासुन्दरी मावि लुड्कु,काेइलीचरी मावि लुम,पाण्डवगुफा मावि काेटघर,नेपाल राष्ट्रिय मावि मालिका बाेता,राहदेव मावि बुम्रमाडिचाैर,मालिका मावि खिच्चने र मावि बुढुचाैतराका विद्यार्थी सहभागी हुनेछन्। शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्राविधिक सहायक खेमराज पन्तका अनुसार साधारण नियमिततर्फ ४ सय ६५ जना र प्राविधिकधारतर्फ ३४ जनागरी कुल ४ सय ९९ जनाले ग्रेडबृद्धि परीक्षाका लागि आवेदन भरेका छन्।
जसमध्ये अङ्ग्रेजी विषय तर्फ २ सय ३३ जना,नेपाली विषय तर्फका १ सय ९४ जना, गणितमा विषय तर्फ १ सय ६८ जना,विज्ञान विषयतर्फ १ सय २४ जना र सामाजिक विषयतर्फ ३९ जना विद्यार्थी छन्।एसइईको ग्रेडवृद्धि परिक्षा आउदो साउन २९ गतेदेखि भदौ ६ गतेसम्म संचालन हुनेछ।यस्तै गतचैत ७ गतेदेखि सुर भएको एसईई परिक्षामा जुम्लादेखि दुई हजार ६ सय ८१ जना परीक्षार्थी सहभागी भएका थिए।भने भौगोलिक दुरीका आधारमा १६ वटा परीक्षा केन्द्र तोकिएको खेमराज पन्तले बताए।






