ब्रिनोज कान अस्पतालबाट तीन प्रदेशका सात हजारभन्दा बढीलाई सेवा, ५३ जनाको सफल शल्यक्रिया

बाँके,१४ साउन ।

नेपालगन्जको फुलटेक्रास्थित ब्रिनोज कान स्वास्थ्य अस्पतालले आर्थिक वर्ष २०८१/०८२ मा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ७ हजार ६ सय ५६ जनालाई निःशुल्क कान उपचार सेवा प्रदान गरेको छ।

अस्पतालका आउटरीच इञ्चार्ज भीषण कुमार चौधरीका अनुसार, एक वर्षको अवधिमा तीनवटै प्रदेशका २१ स्थानमा पुगेर कानसम्बन्धी शिविर सञ्चालन गरिएको थियो। ती शिविरहरूबाट ग्रामीण तथा दुर्गम भेगका नागरिकहरूले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गरेका हुन्।

चौधरीका अनुसार सेवा लिनेमा महिलाको संख्या पुरुषभन्दा बढी रहेको छ। उपचार लिने ७,६५६ जनामध्ये ४,३१७ जना महिला र ३,३३९ जना पुरुष थिए।

शिविरमा विभिन्न प्रकारका कानसम्बन्धी समस्या देखिएका थिए: जसमा कान पाक्ने: ९६२ जना ,कानेगुजी: ९११ जना,कानभित्र पानी जम्ने: १३८ जना,धुसी: २४९ जना र अन्य सामान्य समस्या: ४,९१३ जनामा रहेको थियो।

यी सबै बिरामीको स्थानीय तहमै उपचार गरिएको अस्पतालले जनाएको छ।

शिविरपछि थप उपचारका लागि ३३५ जना बिरामी ब्रिनोज कान अस्पतालमा आइपुगे, जसमा ५३ जनाको सफल शल्यक्रिया तथा ६४ जनालाई श्रवण सहायक मेसिन जडान गरिएको छ।

ब्रिनोज कान अस्पतालले ग्रामीण भेगमा पुगेर जनताको ढोँकामा स्वास्थ्य सेवा पुर्याउने प्रयासलाई निरन्तरता दिइरहेको बताउँदै इञ्चार्ज चौधरीले आगामी वर्षहरूमा अझ धेरै स्थानमा शिविर विस्तार गरिने जानकारी दिनुभयो।

 

 

ब्रिनोज कान अस्पतालबाट तीन प्रदेशका सात हजारभन्दा बढीलाई सेवा, ५३ जनाको सफल शल्यक्रिया

“तीव्र आर्थिक विकास बिना समृद्धि सम्भव छैन

ब्रिनोज कान अस्पतालबाट तीन प्रदेशका सात हजारभन्दा बढीलाई सेवा, ५३ जनाको सफल शल्यक्रिया

बाघको संख्या तेब्बर, बर्दियामा संरक्षणको सफलता सँगै

Leave a comment

Your email address will not be published. Required fields are marked *