भेरी करिडोरअन्तर्गतका पाँचवटा पुल दुई वर्षभित्र निर्माण गरिने

सुर्खेत ,७ साउन।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाजरकोट–डोल्पा खण्डमा पर्ने १३ ओटा पुलहरूमध्ये पाँचवटा पुल आगामी दुई वर्षभित्र सम्पन्न हुने गरी निर्माण भइरहेको जानकारी दिएका छन्। मंगलबारको राष्ट्रिय सभामा सांसद मायाप्रसाद शर्माले राखेको जिज्ञासाको उत्तर दिँदै उनले पाँचवटा पुल दुई वर्षमा सकिने गरी काम अगाडि बढाइएको जानकारी दिए।

मन्त्री दाहालका अनुसार सो अवधिमा झिम्री खोला, नलगाडा खोला, चौखा खोला, तात्र खोला र तासु खोला पुलको निर्माण सम्पन्न गरिनेछ। चालू आर्थिक वर्षदेखि सुरु भएर आगामी तीन वर्षभित्र रिजिगाड खोला, चुगाड खोला उसुमखोला, गल्लीगाडखोलालगायतका आठवटा भेरी करिडोरअन्तर्गतका पुल निर्माण गरिने योजना रहेको मन्त्री दाहालले बताए।

उनका अनुसार २०६८ सालमा पुष्पलाल लोकमार्ग (मध्यपहाडी), रुकुमपश्चिम र जाजरकोट जोड्ने भेरी सडक पुल निर्माणका लागि वाइपी कन्स्ट्रक्सन प्रालिसँग तीन वर्षमा पुल बनाउने गरी सम्झौता भएको थियो।
मन्त्री दाहालले भने, ‘तर, एक पिल्लर र केही टावर निर्माणबाहेक अन्य काम ठप्प छ, साथै छिन्चु–डोल्पा जाने भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डमा पासागाडसहित १३ वटा पुल निर्माण गर्नुपर्नेछ।’
मध्यपहाडी राजमार्गमा पर्ने भेरी नदी पुलको निर्माण पनि वाइपी कन्स्ट्रक्सन प्रालिले सम्झौताअनुसार नगरेका कारण ठेक्का तोडिएको र मिति २०७१ मंसिर १३ गते कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरिएको मन्त्रीले जानकारी दिए।
‘त्यसपछि दुईपटक बोलपत्रमार्फत ठेक्का व्यवस्थापनको प्रयास गरिएकामा पहिलोपटक लागत अनुमानभन्दा सारभूत रूपमा बढी रकम कबोल भएकाले असफल भएको र दोस्रोपटक कुनै पनि बोलपत्रदाता नआएकाले ठेक्का लगाउन सकिएन,’ उनले भने, ‘हाल लागत अनुमान पुनरावलोकनको प्रक्रिया अगाडि बढाइएको र आर्थिक वर्ष ०८२-८३ मा ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइनेछ।

भेरी करिडोरअन्तर्गतका पाँचवटा पुल दुई वर्षभित्र निर्माण गरिने

बड्डीचौर–खम्बगाडे सडक : तीन वर्षपछि रुख काट्न

भेरी करिडोरअन्तर्गतका पाँचवटा पुल दुई वर्षभित्र निर्माण गरिने

भूकम्पबाट भत्किएका सरकारी संरचना निर्माणको काम तीव्र

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds