मिगौला विरामीलाइ सहयोगको अपिल

कालिकोट, १३ असार ।
सान्नीत्रिवेणी गाँउपालिका वडा नं. ४ का विशाल दर्जीको मिर्गौला सम्बन्धि समस्या छ । अबको दुई महिनाभित्र अप्रेशन गरी मिर्गौला प्रत्यारोपण नगरे उनको ज्यान पनि जान सक्ने चिकित्सकहरुले बताएका छन् । आर्थिक अवस्था कमजोर भएका दर्जीले आफ्नो उपचारमा सहयोग गरिदिन आग्रह गरेका हुन् ।

उनले एक महिना अगाडी बम्बईको डिआईपाटिल अस्पतालमा स्वास्थ्य जाँच गराए । त्यहाँ डाक्टरले एउटा मात्र मिर्गौला रहेको र त्यसले पनि काम गर्न छाडेकाले तीन महिनाभित्र अप्रेशन गर्नुपर्ने बताए । तर उनीसँग न उपचार गर्ने पैसा छ, न त प्रत्यारोपणका लागि मिर्गौला नै । उनी बम्बईमा काम गर्न नसक्ने भएपछि समस्या भयो । उनकै गाँउका वडा सदस्य ध्वजबहादुर शाहीको पहलमा उनलाई उद्धारगरी लकडाउनका बेला घर ल्याइएको हो ।

हाल उनी मिर्गौलाको उपचारका लागि आर्थिक सहयोग जुटाउन सदरमुकाम आएका छन् । उनले भने, ‘म बाँच्न चाहान्छु, मेरो उमेर २० बर्ष मात्र भयो । श्रीमती र परिवारका लागि पनि मैले बाँच्नुपर्छ, अबको दुई महिनाभित्र अप्रेशन नभए म बाँच्दिन ।’ विशालका बुवा धनपती दर्जीले छोराको ज्यान बचाईदिन सबैलाई आग्रह गरे । उनले भने, ‘मेरो सहारा भनेकै यही छोरा हो, कालापाहाड गएर भए पनि परिवारको छान टार्दै आएको थियो । यही छोरालाई ठुलै रोग लाग्यो, यसको ज्यानमा केही भयो भने हामी कसरी बाँच्ने ? बरु मिलेमा मिर्गौला दिन्छु, तर प्रत्यारोपण गर्न चाहिने रकम कहाँबाट ल्याउने ?’

मिगौला विरामीलाइ सहयोगको अपिल

प्रदेशको बजेट ठिकै छ, अब कार्यान्वयनमा जुटौं

मिगौला विरामीलाइ सहयोगको अपिल

कर्णालीमा असार १५ गते सार्वजनिक विदा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds