अछामको आगलागी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले अछामको बान्नीगढीजयगढ गाउँपालिकास्थित जयगढ बजारमा गए राति भएको आगलागी पीडितलाई तत्काल रु ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकपछि मुख्यमन्त्री कमलबहादुर शाहले अछाममा आगलागी पीडित परिवार तथा व्यवसायीलाई प्रारम्भिक चरणमा रु ५० लाख सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।

उनले भन्नुभयो, “सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार गरेर उक्त मानवीय सहायता रकम उपलब्ध गराउने निर्णय गरेका छौँ, क्षतिको यकिन विवरण प्राप्त भएपछि थप सहयोग गर्नेछौँ ।”

मुख्यमन्त्री शाहले जयगढ बजारमा भएको आगलागीबाट प्रभावित एवं पीडितलाई राहत र पुनर्निर्माणका लागि स्थानीय तह, नेपाल सरकार, सङ्घसंस्था र दातृ निकायलाई सहयोगका लागि अपिल गरे ।

 प्रदेश सरकारले आगलागी भएको क्षेत्रको स्थलगत अवस्था बुझ्नका लागि प्रदेशका सामाजिक विकासमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई खटाएको छ । अछाम सदरमुकाम मङ्गलसैनबाट उत्तरपूर्वी दिशातर्फ रहेको जयगढ बजारमा गए राति भएको आगालागिबाट दश कच्ची घर, १५ टिनका टहरा, दुई पक्की घर तथा  एक सभाहल जलेर नष्ट भएको अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिए । 

यीमध्ये ११ घरमा पसल सञ्चालनमा थिए । स्थानीय पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको ग्यास सिलिन्डर विष्फोट हुँदा सल्किएको आगो बजारका अन्य घरपसलमा फैलिएको थियो । साँझदेखि सुरु भएको आगलागी राति १ः३० बजेमात्र प्रहरी र स्थानीयवासीको पहलमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट रु सात करोड ५४ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रजिअ सारुले जानकारी दिए ।

अछामको आगलागी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने

संरक्षण क्षेत्रका १४३ जनालाई क्षतिपूर्ति प्रदान

अछामको आगलागी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने

बुढानिलकण्ठ नगरपालिका र डोल्पाका दुई पालिकाबीच शैक्षिक

Leave a comment

Your email address will not be published. Required fields are marked *