सम्पादकीय: सक्षम विद्यार्थी नेतृत्वको खाँचो


कर्णालीका नागरिकको मेहनतबाट स्थापित मध्यपश्चिम विश्वविद्यालयमा ६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ । सोमबार भएको मतदानमा दुई हजार आठ सय ६४ विद्यार्थीसहभागी भएका छन् ।चार हजार तीन सय ८३ मतदाता मध्ये एक हजार पाँच सय १९ विद्यार्थी मतदानमा सहभागि भएनन् ।८ भदौ २०७३ मा भएको पहिलो स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको अवधि २०७६ मा सकिएपछि एमयूको स्ववियु नेतृत्वविहीन बन्दै आएको छ । नेपालका विश्वविद्यालय र क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूको हकहित संरक्षण गर्ने प्रमुख स्वतन्त्र संगठन हो। स्ववियुका गतिविधिहरू शैक्षिक सुधारदेखि विद्यार्थी हकअधिकार अझ भनौं विद्यार्थीको आवाज प्रतिनिधित्व गर्नु हो। तर, समयसँगै यसको भूमिका, प्रभाव र निष्पक्षता बारे विभिन्न प्रश्नहरू उठ्न थालेका छन्।यसको मुख्य उद्देश्य क्याम्पसभित्र विद्यार्थीका समस्याहरू पहिचान गर्नु, २१ औं शताब्दी अनुकुल शैक्षिक सुधारको पहल गर्नु, छात्रवृत्तिको व्यवस्था गराउनुर शैक्षिक पूर्वाधार सुधारमा ध्यान दिनु हो।साथै, विद्यार्थीहरूलाई नेतृत्व विकास गर्ने अवसर प्रदान गर्ने महत्वपूर्ण थलोका रूपमा स्ववियुलाई लिइन्छ।

स्ववियुबाटनेतृत्वमा आएका विद्यार्थी नेताहरू राष्ट्रिय राजनीतिको महत्वपूर्ण भूमिकामा पुगेका छन् । तर, विभिन्न राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्ववियुको प्रभावकारिता र निष्पक्षतामा पछिल्लो सयम प्रश्न उठ्न थालेका छन्। स्ववियु राजनीतिक दलहरूको प्रभावमा सञ्चालन हुने प्रवृत्तिले विद्यार्थीका वास्तविक मुद्दाहरू ओझेलमा पर्ने खतरा बढेको छ। राजनीतिकरणका कारण स्ववियु निर्वाचनहरू धाँधली, हिंसार अन्य विवादमा अल्झने गरेका उदाहरणहरू पनि प्रशस्त छन् ।धेरै क्याम्पसहरूमा स्ववियु गठन भएपनि त्यसले विद्यार्थीहरूको वास्तविक समस्याहरू सम्बोधन गर्न नसकेको अवस्था छ। कतिपय क्याम्पसमा स्ववियु निस्क्रिय प्राय बन्दा यसको औचित्यमाथी नै प्रश्न चिन्ह खडा भएको छ । स्ववियुलाई प्रभावकारी बनाउनसुधारको आवश्यकता देखिन्छ। यसक्रममा स्ववियु निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउने व्यवस्था कडाईका साथ लागु गर्नुपर्छ। राजनीतिक प्रभाव न्यूनीकरण गर्न र वास्तविक विद्यार्थीका मुद्दा उठाउन स्वतन्त्र विद्यार्थी उम्मेदवारहरूलाई प्रोत्साहन गरिनुपर्छ।स्ववियुले विद्यार्थीका आधारभूत समस्याहरू जस्तै शुल्क वृद्धिको विरोध, शैक्षिक गुणस्तर सुधार, पुस्तकालय तथा प्रयोगशाला सुधार, रोजगारी अभिवृद्धि जस्ता विषयहरूमा केन्द्रित हुनुपर्छ।

शिक्षाको गुणस्तरको सन्दर्भमा समायनुकुल प्रविधिमैत्री कक्षा कोठामाजीवन उपयोगी सीपसहितको शिक्षामा जोड दिनु आजको आवश्यकता हो । नेपालकाशैक्षिक संस्थामा घट्दै गएको विद्यार्थीको आकर्षण रोक्न स्ववियुले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन भूमिका खेल्नु पर्दछ । यसले शिक्षाका नाममा विदेशिएको ठुलो पूँजी रोक्न केही हदसम्म सघाउ पुग्दछ । यसमा अर्को महत्वपूर्ण विषय स्ववियुको पारदर्शिता र जवाफदेहितालाई बढावा दिनुपर्छ। त्यसका लागि स्ववियु पदाधिकारीहरूको नियमित समीक्षा, आर्थिक विवरण सार्वजनिक गर्ने प्रणाली र विद्यार्थीसँग प्रत्यक्ष संवाद गर्ने अभ्यासलाई प्रवद्र्धन गर्नुपर्छ।स्ववियु नेपाली विद्यार्थीहरूको प्रतिनिधिमूलक संस्था भएकाले यसलाई बलियो,पारदर्शी र निष्पक्ष बनाउनु आजको आवश्यकता हो । राजनीतिकरणको सिमितिकरण गर्दै विद्यार्थीका वास्तविक समस्याहरू सम्बोधन गर्न सके मात्र स्ववियुले आफ्नो मूल उद्देश्य प्राप्त गर्न सक्छ। यदि सुधारका उपायहरू अवलम्बन गरिएनन् भने स्ववियु विद्यार्थी अधिकारका लागि होइन पार्टी राजनीतिको सत्ता खेलका रूपमा मात्र सीमित हुनेछ। यसर्थ,अबको युगमा निष्पक्ष, उत्तरदायी र सक्षम विद्यार्थी नेतृत्वको खाँचो छ।

सम्पादकीय: सक्षम विद्यार्थी नेतृत्वको खाँचो

वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds