राष्ट्रिय जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको अध्यक्षमा बालकृष्ण सुनार


राष्ट्रिय जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशनले बालकृष्ण सुनारको अध्यक्षतामा १७ सदस्य कमिटी गठन गरेको छ ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल कर्णाली प्रदेश कमिटिको ऐतिहासिक प्रथम अधिबेशन बाट निर्वाचित अध्यक्षमा बालकृष्ण सुनार (सुर्खेत), उपाध्यक्षमा गणेश आर सी (जाजरकोट), उपाध्यक्षमा यशोदा देवकोटा (कालिकोट), सचीवमा यकराज थापा (सल्यान), सहसचिवमा अकबर खान (सुर्खेत), कोषाध्यक्षमा देबिका सिंह (जाजरकोट) र सह–कोषाध्यक्षमा चन्द्र बहादुर थापा (डोल्पा) रहेका छन् ।
यस्तै सदस्यहरुमा मिलन सुवेदी, शिला केसी, गणेश घर्ती मगर ,प्रकाश खत्री दिलसा बोहरा र अन्जना बिसी रहेका छन् । महासङ्घको प्रथम अधिवेशन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ ।
उक्त अधिवेशनको प्रमुख अतिथि जन सांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आतित्यता र विशेष अतिथि नेकपा एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाह प्रदेश कमिटीका सदस्य खड्ककुमार भट्टराई जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य हेमप्रकाश भुसाल नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको उपसचिव सुशीला विश्वकर्माको आतित्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता एकराज थापाले गरेका थिए, भने स्वागत मन्तव्य गणेश आरसी र कार्यक्रमको सञ्चालन चन्द्रबहादुर बुढाले गरेका थिए ।






