बाँकेमा म्याद गुज्रेका खाद्य सामग्री बिक्रीमा राख्ने दुई व्यवसायीलाई जनही ५० हजार जरिवाना

बाँके ,२१ साउन ।

बाँकेको नेपालगञ्जमा उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणलाई लक्षित गर्दै संयुक्त बजार अनुगमनलाई सघन बनाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा गरिएको अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका खाद्य तथा उपभोग्य सामग्री बिक्रीका लागि राखिएको भेटिएपछि दुई व्यवसायीलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा संयुक्त बजार अनुगमन समिति संयोजक महेश कुमार गुरुङका अनुसार नेपालगञ्ज–१२ स्थित वेष्टन मार्ट प्रालि र नेपालगञ्ज–१ धम्बोझीस्थित बर्दिया सप्लायर्समा म्याद गुज्रेका सामग्री बिक्रीका लागि राखिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन बमोजिम कारबाही गरिएको हो।
अनुगमनका क्रममा बर्दिया सप्लायर्सबाट सञ्चालकको रोहबरमा ३३ हजार २ सय ३७ रुपैयाँ बराबरका म्याद गुज्रेका खाद्य सामग्री नष्ट गरिएको छ। त्यसैगरी, वेष्टन मार्टबाट २३ हजार ३ सय १३ रुपैयाँ बराबरका म्याद गुज्रेका सामग्री नष्ट गरिएको संयोजक गुरुङले जानकारी दिनुभयो।
उहाँका अनुसार अनुगमनका क्रममा मूल्यसूची नराखेको, मूल्यसूची अद्यावधिक नगरेको, सामग्री व्यवस्थापनमा लापरबाही देखिएको लगायतका कमजोरीसमेत भेटिएका छन्। यस्ता त्रुटि तत्काल सच्याउन सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको र आगामी दिनमा पुनः यस्ता कमजोरी दोहोरिए कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको उहाँले बताउनुभयो।
यसअघि मंगलबार गरिएको संयुक्त अनुगमनका क्रममा नेपालगञ्ज–१८ स्थित आकाश राइस मिलबाट सेतु विक चोकस्थित राहुल खाद्यान्न तथा किराना पसलमा बिक्री गरिएको करिब २० किलो तथा मिलमै रहेको १० किलो मासको दालमा कृत्रिम रङ मिसाइएको फेला परेपछि ती सामग्री नष्ट गरिएको थियो। साथै, कर बीजकबिना ग्यास कारोबार गरेको पाइएपछि नेपालगञ्ज–२ स्थित न्यू श्रीस डिस्ट्रिब्युटर्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको थियो।
जिल्ला प्रशासन कार्यालयले बजारमा गुणस्तरीय र सुरक्षित उपभोग्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न तथा उपभोक्तामाथि हुने ठगी नियन्त्रण गर्न आगामी दिनमा पनि संयुक्त बजार अनुगमनलाई अझ प्रभावकारी बनाइने जनाएको छ।
संयुक्त बजार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च तथा नेपाल पत्रकार महासङ्घका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बाँकेमा म्याद गुज्रेका खाद्य सामग्री बिक्रीमा राख्ने दुई व्यवसायीलाई जनही ५० हजार जरिवाना

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक

बाँकेमा म्याद गुज्रेका खाद्य सामग्री बिक्रीमा राख्ने दुई व्यवसायीलाई जनही ५० हजार जरिवाना

बाँकेमा म्याद गुज्रेका खाद्य सामग्री बिक्रीमा राख्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *