कर्णालीका ४ जनालाई विशेषज्ञ चिकित्सक बन्न छात्रवृत्ति, तीन वर्ष दुर्गममा सेवा गर्नुपर्ने


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा डक्टर फर नेपाल नामक संस्थाको सहकार्यमा ४ जनालाई विशेषज्ञ चिकित्सक बन्नका लागि छात्रवृत्ति प्रदान गरिने भएको छ ।

आईतवार काठमाडौंको सेतोपुलमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालयमा एक कार्यक्रम गरी उक्त जानकारी गराइएको हो ।

दुर्गममा सेवा दिने विशेषज्ञ चिकित्सकको अभावको समस्यालाई केही हदसम्म भए पनि हटाउनका लागि यस्तो गरिएको प्रतिष्ठानले जनाएको छ । यो कार्यक्रमका लागि आधा रकम डक्टर फर नेपाल संस्थाले दिने र आधा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्तरिक स्रोतबाट दिने बताइएको छ ।

उक्त छात्रवृत्ति कोटामा विशेषज्ञ चिकित्सक भइसकेपछि तोकेको स्थानमा कम्तिमा पनि तीन वर्ष काम गर्नुपर्ने सर्तमा यस्तो कार्यक्रम ल्याइएको हो ।

प्रतिष्ठान र डक्टर फर नेपालले विभिन्न निजी मेडिकल कलेजमा अध्ययन गरिरहेका चार जना चिकित्सकहरुसँग आइतबार त्रिपक्षीय सम्झौता गरेको हो ।

त्रिपक्षीय सम्झौतामा प्रतिष्ठानका तर्फबाट प्रशासकीय अधिकृत अमृत भण्डारी, डक्टर फर नेपालबाट नाइजेल लयर्स र अध्ययन गर्ने चिकित्सकहरुले हस्ताक्षर गरेका छन् ।

प्रतिष्ठानले कर्णाली प्रदेशका मात्रै ४ चिकित्सकलाई उक्त छात्रवृत्ति कार्यक्रममा समावेश गर्न लागेको हो । जसअनुसार उनीहरुले करिब चौंबीस लाख बराबरको छात्रवृत्ति पाउने छन् । जसमा होस्टेल सहितको सम्पुर्ण खर्च शैक्षिक संस्थालाई दिइने पनि बताइएको छ ।

कर्णालीका ४ जनालाई विशेषज्ञ चिकित्सक बन्न छात्रवृत्ति, तीन वर्ष दुर्गममा सेवा गर्नुपर्ने

राप्ती लोकमार्ग स्तरवृद्धि गर्न ध्यानाकर्षण

कर्णालीका ४ जनालाई विशेषज्ञ चिकित्सक बन्न छात्रवृत्ति, तीन वर्ष दुर्गममा सेवा गर्नुपर्ने

एकीकृत समाजवादीको कर्णाली अधिवेशनमा ५०२ प्रतिनिधि सहभागी