हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप

हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा गत फागुन २५ देखि यही चैत ७ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो ।

जिल्लामा एक सय सात खोप केन्द्र तोकिए पनि एक सय ६ खोप केन्द्रबाट दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताए । ती खोप केन्द्रमा पाँच हजार एक सय आठ बालबालिकाले खोप लगाएका उनले बताए ।

हुम्लामा नौ महिनामाथि र पाँच वर्षमुनिका बालबालिकाको संख्या ६ हजार दुई सय १२ रहेको छ । बालिकाको संख्या दुई हजार चार सय ७७ तथा बालकको संख्या दुई हजार पाँच सय २३ रहेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी र सर्केगाडका केही बालबालिका खोप लगाउनबाट छुटेका भए पनि लक्ष्यअनुसार खोप लगाएको प्रमुख सिंहले बताए ।

जिल्लाका १८ प्रतिशत बालबालिका दादुरा–रुबेलाविरुद्धको खोप लगाउनबाट वञ्चित छन् । जिल्लाको लिमीका ५४ बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोपका साथै अन्य नियमित खोपसमेत लगाउन पाएका छैनन् ।

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप

कर्णाली क्षेत्रमा प्रचलित प्राचीन परम्परा र प्रथाहरु

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप

मानवसेवा आश्रमको प्रगती प्रतिवेदन सार्वजनिक

This will close in 0 seconds