भेरीका किसानलाई मौरी गोलासहितका आधुनिक माहुरीघार वितरण

जाजरकोट भेरी नगरपालिकाका किसानहरुलाई मौरी गोलासहित आधुनिक माहुरीघार वितरण गरिएको छ । महिला उद्यमशिलता विकास तथा रोजगारी सिर्जना कार्यक्रमअन्तर्गत मौरी गोलासहितका घार वितरण गरिएको हो ।

भेरी नगरपालिका वडा नं १ र २ का ३० जना मौरीपालक किसानका लागि ९० थान माहुरी गोलासहितका आधुनिक घार लगायतका सामाग्रीहरू वितरण गरिएको खलङ्गा साना किसान सहकारी संस्था लिमीटेडका अध्यक्ष यगुमाया कार्कीले बताइन् ।

१२ हजार रुपैयाँ पर्ने उक्त गोलासहितको घार ७५ प्रतिशत संस्थाको र २५ प्रतिशत कृषकले व्यहोर्ने गरी वितरण गरिएको अध्यक्षक कार्कीले बताइन् ।

केही दिन अगाडि ती कृषकहरूलाई मौरीपालनसम्बन्धी एक हप्ते तालिम प्रदान गरिएको थियो । गोलासहितका घार पाएपछि खुसी हुँदै कृषक मनबहादुर रानाले आफूहरू व्यवसायिक माहुरीपालनमा लाग्ने बताए ।

भेरीका किसानलाई मौरी गोलासहितका आधुनिक माहुरीघार वितरण

भेरीगंगाबाट लागूऔषध सहित दुई जना पक्राउ

भेरीका किसानलाई मौरी गोलासहितका आधुनिक माहुरीघार वितरण

भेरीगंगाका प्रमुख तीन बजारमा अनुगमन